कवयित्री प्रतिमा अनेसास सुप्रमा इप्रमा पुस्कारबाट सम्मानित

१५ श्रावण २०७८, शुक्रबार ०९:१७ मा प्रकाशित

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ । बेलायतमा नेपाली साहित्यको विकास र प्रवद्र्धनका लागि ठूलो योगदान गर्नुभएका कवि ईश्वर मानन्धरले आफ्ना स्व पिताका नाममा पुरस्कार स्थापना गर्नुभएको हो ।

‘हिम्मत’ म्युजिक भिडियो, ‘बेलायतमा कवि र कविताहरू’, ‘प्रवासका अक्षरहरू’ जस्ता आधा दर्जन साहित्यिक सङ्ग्रह निकाली सक्नुभएकी केसीका थुप्रै कविता पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् ।

बेलायत तथा विश्वका अन्य देशमा नेपाली साहित्यका लागि स्थापना भएका थुप्रै साहित्यिक संस्थाहरूमा आबद्ध केसी बेलायतवासी नेपालीबीच सुपरिचित हुनुहुन्छ । यसअघि उक्त पुरस्कारबाट बेलायतमा बस्दै आउनुभएका साहित्यकार मुकेश राई, केदार सङ्केत, कृष्ण बजगाईँ, दुर्गा पोखरेल, सुमाया राई, नृपेश उप्रेती र देवेन्द्र खेरेस पुरस्कृत भइसक्नुभएको छ ।

अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष लारा, सल्लाहकार सुमल गुरुङ र साहित्यकार रुपक श्रेष्ठ गरी तीन सदस्य रहेको पुरस्कार छनोट समितिले यस वर्षका लागि केसीलाई छनोट गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको