गणतन्त्रवादी नेता सिंहलाई मरणोपरान्त राष्ट्रगौरव मानपदवी

२९ भाद्र २०६९, शुक्रबार १६:५५ मा प्रकाशित

काठमाडौ, २९ भदौ । सरकारले गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहलाई मरणोपरान्त राष्ट्रगौरव मानपदवी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सिंहलाई मरणोपरान्त राष्ट्रगौरव मानपदवी प्रदान गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । गणतन्त्रवादी नेता सिंहको बुधबार ७७ वर्षको उमेरमा निधन भएको थियो । त्यसलगतै बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई राष्ट्रगौरव मानपदवी प्रदान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । यसअघि उक्त सम्मान गणेशमान सिंहलाई दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका