अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति मुद्दा नलाग्ने गरी खारेज गरिने

१३ श्रावण २०७८, बुधबार १८:१० मा प्रकाशित

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपालगायतको सत्तारुढ गठबन्धनको बैठकले राजनीतिकरुपमा गरिएका नियुक्ति कानुनीरुपमा परिपक्व बनाएर मुद्दा नलाग्ने गरी खारेज गर्ने निर्णय गरेको हो ।

बैठकले नयाँ सरकारले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने र राजनीतिक नियुक्तिहरुको टुङ्गो लगाउने निष्कर्ष निकाले छ ।

बैठकमा नेपाली काँग्रेसकातर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायण काजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल र एमाले माधव कुमार नेपाल समूहबाट डा. विजय पौडेल सहभागी थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा