काठमाडौं, २९ भदौ । छोराको मृत्युको पिडा सहन नसकी स्याङ्जाकी एक आमाले आत्महत्या गरेकी छिन् । सर्पले टोकेको नाबालक छोराको उपचारका क्रममा पोखरामा हिजो मृत्यु भएपछि स्याङ्जा आलमदेवी गाविस ८ की बीना सुनारले आत्महत्या गरेकी हुन्। उनका छोरा ५ वर्षीय भरत सुनारलाई बुधबार राति साढे ८ बजे घरमै सुतेका बेला सर्पले टोकेको थियो।
बिनाका पति खुमबहादुर सुनारको गतवर्ष क्यान्सरबाट मृत्यु भएको थियो । पति वियोगको चोटमा खाटा बस्न नपाउंदै नाबालक छोराको मृत्यु भएको को पीडा खप्न नसकेर बीनाले अस्पताल नजिकै सेती नदीको नहरमा फाल हालेर आत्महत्या गरेको कास्की प्रहरीले जनाएको छ । उनको शव बिहिबार पोखरा १२ सितलादेवी मार्गस्थित नहरमा फेला परेको थियो।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल
काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज