इनार खन्दा भेटियो १२ अर्बको मणि

१३ श्रावण २०७८, बुधबार १५:५९ मा प्रकाशित

श्रीलङ्कामा इनार खन्दा बहुमूल्य रत्न भेटिएको छ । संसारकै सबैभन्दा ठूलो स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ ।

हल्का नीलो रङ्गको नीलमणि संयोगले फेला परेको हो । श्रीलङ्काको रत्नपुर क्षेत्रमा आफ्नो घरपछाडी इनार खन्ने क्रममा उक्त मणि फेला परेको हो । उक्त मणि त्यहीका व्यापारी गामागेको स्वामित्वमा रहेको छ ।

५ सय १० केजी तौल रहेको उक्त मणिको एकैढिक्कामा फेला परेको छ । नीलमणिको मूल्य अहिले १० करोड अमेरिकी डलरसम्म पर्ने विज्ञहरुको भनाइ छ । उक्त मणिको मूल्य नेपाली रुपैयामा झण्डै १२ अर्ब हो । रत्नपुरमा बहुमूल्य मणिहरु भेटिरहने गर्दछ ।

गामागेको बाबुबाजेले पनि रत्नको व्यापार गर्दथे । श्रीलङ्का नीलमणि र अन्य बहुमूल्य रत्नहरुको ठूलो निर्यातकर्ता हो । उक्त रत्न ४० करोड वर्षअघि बनेको विज्ञहरुको अनुमान रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको

कपिलवस्तु। कपिलवस्तुको बुद्धभुमी नगरपालिका-१ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नक्कली भर्पाइ बनाई फरक शीर्षकमा रकम खर्च भएको पाइएकाे छ । कार्यक्रमअन्तर्गत

काठमाडौँ ।विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आआफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने गर्दछन्