कोरोनाविरुद्धको खोप नेपालमा कति आउँदैछ ?

खोप आउने क्रम जारी छ । तर नागरिकले भने समयमै खोप लगाउन पाएका छैनन । किनभने सरकारले खोप अभियानलाई व्यवस्थित गर्न सकेको छैन । खोप नपाउँदा नागरिक असन्तुष्ट छन् ।
१३ श्रावण २०७८, बुधबार १५:५६ मा प्रकाशित

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक भने खोप आएपछि पनि खोप लगाउनबाट बञ्चित छन् । कति खोप आउँदैछ र सरकारको तयारी कस्तो छ त ? हेरौं–

असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार डोज खोप नेपाल आउने स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । मन्त्रालयका अनुसार कोभ्याक्स अन्तर्गत जापानबाट एस्ट्राजेनिकाको १६ लाख डोज कोभ्याक्स अन्तर्गतकै राष्ट्रसंघबाट ३ लाख ४८ हजार डोज, वैदेशिक अनुदानबाट साउनको अन्तिम साता १६ लाख डोज, भारतसँग खरिद गरिएको कोभिसिल्ड १० लाख डोज र ६० लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ ।

खोप आउने क्रम जारी छ । तर नागरिकले भने समयमै खोप लगाउन पाएका छैनन । किनभने सरकारले खोप अभियानलाई व्यवस्थित गर्न सकेको छैन । खोप नपाउँदा नागरिक असन्तुष्ट छन् ।

सरकार भने सबै क्षेत्रमा खोप पुर्‍याएको दाबी गर्छ । खोप आजको भोलि नै सम्बन्धित निकायमा पुर्याउन नसकिने भएकाले पनि समस्या भइरहेको सरकारी अधिकारी बताउँछन् ।

सरकारले ७२ प्रतिशत नागरिकलाई खोप दिने बताएपनि अहिलेसम्म ६ प्रतिशतले मात्रै दुबै डोज पाएका छन् ।

यो महिनाको अन्त्यसम्म ५५ लाख भन्दा बढि नागरिकलाई खोप लगाउने सरकारको लक्ष्य छ । तर अहिले खोप केन्द्र व्यवस्थित नहुँदा लगाउने कार्य निकै सुस्त छ । अहिले सरकारसँग ७ लाख डोज खोप मौज्दात भएपनि लगाउन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको