ट्रकको ठक्करले झापामा एक दम्पतीको निधन

१३ श्रावण २०७८, बुधबार ०८:५५ मा प्रकाशित

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४ स्थित लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २ –०३ –०१३प ४७८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ना ४ ख ८७३० नं को ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक कनकाई नगरपालिका– ३ बस्ने ४३ वर्षीय पूर्णबहादुर विष्ट र पछाडि सवार उनकी श्रीमती ३६ वर्षीया भीमा विष्टको मृत्यु भएको हो ।

घाइते दम्पतीलाई उपचारका लागि लाइफलाइन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनापछि ठक्कर दिने ट्रक , ट्रक चालक विराटनगर ४ बस्ने ४८ वर्षीय सुजन थापा र मोटरसाइकल दमक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको

कपिलवस्तु। कपिलवस्तुको बुद्धभुमी नगरपालिका-१ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नक्कली भर्पाइ बनाई फरक शीर्षकमा रकम खर्च भएको पाइएकाे छ । कार्यक्रमअन्तर्गत

काठमाडौँ ।विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आआफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने गर्दछन्