लुम्बिनी प्रदेश सरकार अप्ठ्यारोमा, जसपाका तीन सांसद पदमुक्त

१३ श्रावण २०७८, बुधबार ०८:५२ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी समितिको हिजो बसेको बैठकले प्रदेश सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पदबाट हटाउने निर्णय गरेको हो । तीनैजना सांसद अहिले पार्टी निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी छन् ।

यसअघि पनि पदमुक्त गरिए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि थमौती भएको थियो । तर निर्वाचन आयोगबाट यादव-भट्टराइ समूहले आधिकारिकता पाए लगत्तै फेरि पदबाट हटाउने निर्णय गरिएको हो ।

यसअघि प्रदेश सरकारमा सहभागी भएकी जसपा सांसद सुमन शर्मा रायमाझी भने पदबाट राजीनामा दिएर यादव पक्षमा लाग्नुभएको थियो । जसपाको निर्णयसँगै एमाले नेता शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार संकटमा परेको छ । यसअघि नै अल्पमतमा रहेको भन्दै विपक्षीले मुख्यमन्त्री पोखरेलको राजिनामा मागिरहेका छन् ।

प्रदेश सरकारले भने विश्वासको मत लिने बताएको छ । प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले विश्वासको मत लिएर सरकार बैधानिक ढंगले अघि बढ्ने बताउनुभयो । जसपाबारे निर्वाचन आयोगको निर्णयले प्रदेशमा खासै फरक नपर्ने प्रवक्ता चौधरीको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा