अमेरिकी निवासी लम्साल अभिनित ‘तिमी छौ र’ सार्वजनिक

१३ श्रावण २०७८, बुधबार ०८:२७ मा प्रकाशित

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गायक हिमाल सागरको स्वर, शब्द र संगीत रहेको छ। गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन् । अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा शैलेश घलेले छायांकन गरेका हुन्। भिडियो निकै स्तरिय बनेको छ।

भरत रेग्मीले सम्पादन गरेको भिडियोलाई बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । म्युजिक भिडियोमा मोडल लम्साललाई नायिका नन्दिता केसीले साथ दिएकी छिन्। भिडियोमा नायिका केसी निकै खुलेकी छिन् । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। चर्चित गायिका ब्रिटनी स्पियर्सको बेडरुममा समेत निगरानी हुन्थ्यो र उनको जासुसी गर्नको लागि उनका आफ्नै पिताले एक सुरक्षा फर्मलाई

काठमाडौं । कमेडियन कपिल शर्मा गम्भीर संकटमा फसेका छन् । भारतीय कमेडी टेलिभिजन शो ‘द कपिल शर्मा शो’विरुद्ध उजुरी दायर

चर्चित गायिका इन्दिरा जोशीले बिबाहअघिको इन्गेजमेण्ट सुटुक्क गरे पनि उक्त समाचार र तस्बिर भाइरल भएको छ । सामाजिक सञ्जालमा धेरै

काठमाडौँ। विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा