टोकियो ओलम्पिकमा आज गौरिकाले महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दै

१३ श्रावण २०७८, बुधबार ०८:२४ मा प्रकाशित

जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् ।

गौरिका आजको खेलको पहिलो हिटमा रहेकी छिन् । हिटको छैटौं लेनमा रहेर गौरिकाले नाइजेरिया, गुएम र मोन्टेनेग्रोसँग प्रतिस्पर्धा गर्दैछिन् ।

गौरिका यो विधामा इन्ट्रि टाइमिङमा दोस्रो स्थानमा रहेकी छिन् । उनको इन्ट्री टाइमिङ एक मिनेट ६२ मिलिसेकेन्ड रहेको छ ।

त्यसैगरी मोन्टेनेग्रोकी एन्डेला एन्टुनोभिकको टाइमिङ भने एक मिनेट ४९ मिलिसेकेन्ड रहेको छ । गौरिकाको आजको हिट चरण पार गर्ने सम्भावना बलियो देखिएको छ ।

हिजोको खेलमा नेपाली पौडी खेलाडी एलेक्स शाह ओलम्पिकको हिट चरणमा पहिलो भएपनि हिट चरणको समयका आधारमा शीर्ष १६ मा पर्न नसकेपनि उनले राष्ट्रिय कीर्तिमान राख्न भने सफल भएका थिए । गौरिकाको खेल आज दिउँसो पौने चार बजे हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनले विजयी यात्राको सुरुवात गरेको छ ।

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनका अफगानिस्तानका रहमानउल्लाह गुर्बजले अर्धशतक प्रहार गरेका

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनलाई ललितपुर प्याट्रीएट्सले मध्यम लक्ष्य प्रस्तुत गरेको छ

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीएट्स