संविधानसभा पुनःस्थापना निर्विकल्प भएको युवा नेताहरुको धारणा

२९ भाद्र २०६९, शुक्रबार १६:३७ मा प्रकाशित

काठमाडौ, २९ भदौ । शीर्ष नेताहरुबीच मुलुकमा जारी राजनीतिक र संबैधानिक गतिरोध अन्त्यको उपायको विषयमा फरक–फरक धारणा सार्वजनिक भइरहेको समयमा सत्तारुढ र प्रतिपक्षी दलका यूवा नेताहरुले भने एकै स्वरले संविधानसभाको पुनःस्थापना नै गतिरोध अन्त्यको सर्वोत्कृष्ट विकल्प भएको धारणा राखेका छन् । राजधानीमा शुक्रबार आयोजित साक्षात्कारमा एकीकृत नेकपा माओवादीका यूवा नेता हेमन्तप्रकाश ओलीले नयाँ निर्वाचनमा जान आवश्यक संविधान संसोधन गर्न समेत संविधानसभाको पुनःस्थापना आवश्यक भएको भन्दै गतिरोध अन्त्यको सबैभन्दा उपयुक्त विकल्प पुनःस्थापना भएको दावी गरे । उनले भने– ‘ढिला भईसक्यो, नत्र भने प्रतिगमनकारीले हुर्किने मौका पाउँछन् ।’
नेपाली कांग्रेसका यूवा नेता सोभाकर पराजुलीले संविधान संसोधनविना नयाँ निर्वाचन हुन नसक्ने र संसदविना संविधान संसोधन हुन नसक्ने भएकोले संविधानसभाको पुनःस्थापना गरेर निकास निकाल्नु निर्विकल्प उपाय भएको बताए । उनले संविधानसभाबाटै संविधान बनाउनु पर्ने भएकोले अरवौ खर्च जोगाउन पनि संविधानका विवादित विषयमा सहमति जुटाएर संविधानसभा पुनःस्थापना गर्नु पर्ने धारणा राखे ।
नेकपा एमालेका यूवा नेता गोकर्ण विष्टले संविधानका विवादित विषयमा सहमति जुटाएर छोटो समयको लागि संविधानसभाको पुनःस्थापना गर्नु मुलुककालागी कम जोखिम पुर्ण उपाय भएको बताए । उनले अध्यादेशबाट शासन गर्न खोज्ने र राष्ट्रपति उचालेर आफ्नो अभिष्ट पुरा गर्ने तत्वहरुले मुलुकमा पुन द्धन्द्ध बढाउन खोजेको आरोप लगाउँदै सरकार र संविधानका विवादित विषयलाई सँगसँगै अगाडि बढाएर सहमति जुटाउन आब्हान गरे । उनले सरकार परिवर्तन नभई सहमति बन्दैन भन्ने कुराले सरकारको आयू लम्ब्याउने बाहेक केही काम गर्न नसक्ने ठोकुवा गरे ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका यूवा नेता रामजनम चौधरीले कार्यतालिका सहित केही समयकोलाग िसंविधान पुनःस्थापना गरेर निकास निकाल्न सकिने दावी गरे ।
मधेस क्रान्ति फोरमका अध्यक्ष सञ्जय साहले प्रमुख दलहरुको नियतनै गलत भएकोले मुलुकले निकास पाउन नसकेको भन्दै संविधानसभाको पुनःस्थापना नै अहिलेको उपयूक्त निकास भएको बताए । ठूला दलहरुलाई जनताले निरन्तर दवाव नदिई संविधान बन्न नसकने भन्दै मधेसी मोर्चा सत्तामा अल्झेर संविधानको लागि काम गर्न नसकेको आरोप उनले लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार