युवतीलाई दैनिक पाँच हजार दिएर यौन धन्दामा

साउन ११ गते उक्त ठाउँमा रहेको रक्षा होटलका सञ्चालकले होटलको केही टाढा घर भाडामा लिई महिला तथा बालबालिकालाई यौन धन्दामा लगाएको पाइएको छ । सुराकी पाएपछि ईलाका प्रहरी कार्यालय भण्डारा र थ्रि एन्जल्स् नेपाल हेल्पडेक्स लोथरको समन्वयमा १० जनालाई उद्धार गरिएको जनाएको छ ।
१२ श्रावण २०७८, मंगलवार १७:३९ मा प्रकाशित

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको राप्ती नगरपालिका-७ स्थित एउटा होटलमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको हो ।

साउन ११ गते उक्त ठाउँमा रहेको रक्षा होटलका सञ्चालकले होटलको केही टाढा घर भाडामा लिई महिला तथा बालबालिकालाई यौन धन्दामा लगाएको पाइएको छ । सुराकी पाएपछि ईलाका प्रहरी कार्यालय भण्डारा र थ्रि एन्जल्स् नेपाल हेल्पडेक्स लोथरको समन्वयमा १० जनालाई उद्धार गरिएको जनाएको छ ।

पीडित महिला तथा बालबालिकाले दैनिक पाँच हजार रुपैयाँका दरले रकम दिने कुराकानी भएअनुसार यौनधन्दा गर्दै आएको बताइएको छ । पीडित महिला तथा बालबालिकाहरु सिन्धुपाल्चोक, दोलखा, धादिङ, काठमाडौं जिल्लाका रहेको र यौन धन्दाका लागि चितवन जिल्लाको विभिन्न होटलहरुमा परिचालन गर्दै आएका थिए ।

उनीहरुलाई कानुनी परामर्श तथा थप सोधपुछका लागि ईलाका प्रहरी कार्यालय भण्डारामा राखिएको र पारिवारिक पुनर्मिलनका लागि थ्रि एन्जल्स् नेपाल हेल्पडेक्स लोथरले समन्वय गरिरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको