माधव नेपाल समूह सरकारमा सहभागी हुने

१२ श्रावण २०७८, मंगलवार १७:१८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा सो जानकारी दिएका हुन् । उनले बिहानमात्र नेपालसँग भेटेर छलफल गरेका थिए ।

स्रोतका अनुसार नेपाल समूहलाई कम्तीमा ६ मन्त्रालय, एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोगलगायतका निकायमा पनि भाग दिइने तयारी गरिएको छ । यस्तै नेपाल समूहले चारवटासम्म राजदूत पनि पाउने भएको छ । एक स्थायी कमिटी सदस्यका अनुसार आफूसँग भेटमा वरिष्ठ नेता नेपालले एमाले एकताको प्रयास पनि चलिरहने भन्दै आफूले सरकारमा सहभागी हुने मन्त्रीको नाम दिने बताएको प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा