सडक दुर्घटनामा ६ सशस्त्र प्रहरीको मृत्यु, २६ घाइते

२९ भाद्र २०६९, शुक्रबार १६:२३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २९ भदौ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत कपिलवस्तुको बरकुलपुर–८ चम्पापुरमा आज भएको बस दुर्घटनामा दुई सशस्त्र प्रहरीकोे मृत्यु भएको छ । गस्ती गरी फर्केको ना १ ग ५८७ नम्बरको सशस्त्र प्रहरी पिकअप भ्यान तथा विपरित दिशाबाट आइरहेको लु १ ख ३५१९ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । लमहीबाट बुटवल जादै गरेको यात्रुबाहक बस दु्रत गतिमा आउंदा सशस्त्र प्रहरी भ्यानलाई ठक्कर दिएको थियो । घटनामा २५ जना सशस्त्र प्रहरी तथा १८ जना यात्रु गरि दुबै तर्फका ४३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रौटाका अनुसार बिन्दवासिनी गण चन्द्रौटाका प्रहरी हवल्दार हस्त बहादुर वि.क. र शशस्त्र प्रहरी जवान गोविन्द खत्रीलगायत ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना शशस्त्र प्रहरी घाइते बनेको छन् भने ४ को अवस्था गम्भीर छ । घटनालगत्तै गोरुसिंगे तथा चन्द्रौटा बाट गएको प्रहरी टोली तथा स्थानियले घाइतेहरुको उद्धार गरि उपचारको लागि लुम्बिीनी अञ्चल अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर