कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा

१२ श्रावण २०७८, मंगलवार ०९:१३ मा प्रकाशित

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे पदाधिकारी बैठक सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको हो ।

पछिल्लो समय सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताहरुले धर्ना र आमरण अनसन जारी राखेकाले देउवाको निजी निवासमा बैठक बस्दै आएको छ। आजको बैठक १४औं महाधिवेशन केन्द्रित रहनेछ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार महाधिवेशन तयारीबारे मै बैठक केन्द्रित हुनेछ।

कांग्रेसले अहिलेसम्म क्रियाशील सदस्यता विवाद टुंग्याउन सकेको छैन। साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित भएको छ। आजको छलफलको एजेण्डा वडा अधिवेशन कहिले गर्ने भन्नेबारे रहेको छ । त्यस्तै रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ।

यसअघिको पदाधिकारी बैठकमा आजसम्म काम गरिसक्ने र प्रतिवेदन बुझाउने लेखकले बताएका थिए। उक्त समितिमा पाँच हजार उजुरी परेका थिए। बारा र सप्तरी जिल्लाको क्रियाशील फाइल नै उक्त समितिले हेरेको छैन। यस्तै देशभरका करिब १२५ वडाभित्र अझै क्रियाशील विवाद छ।

कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ। तर महाधिवेशनका प्रायः कार्यतालिका प्रभावित बनेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा