व्यापारीले आफुखुशी चिनिको मूल्य निर्धारण गर्दा उपभोक्ता मारमा

१२ श्रावण २०७८, मंगलवार ०८:५४ मा प्रकाशित

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको मूल्य पनि पसलैपिच्छे फरक हुने गरेको उपभोक्ताको गुनासो रहँदै आएको छ ।

अहिले बजारमा प्रतिकेजी ८५ रुपैयाँ देखि ९५ रुपैयाँसम्म चिनिको मूल्य ब्यापारीहरुले निर्धारण गरेका छन् । एक व्यापारी आफुहरुले नै बढी मूल्य तिरेर ल्याएकाले उपभोक्तालाई चिनीको मूल्य बढी परेको बताउनुहुन्छ ।

व्यापारीहरुले आफूखुसी मूल्य निर्धारण गरिरहँदा बजार अनुगमनको जिम्मा लिएका निकाय भने मौन देखिएका छन् । यसको सिधा असर उपभोक्तामा परेको छ ।

यता नीजि क्षेत्रले भन्दा सस्तो मूल्यमा चिनीको बिक्रि वित्तरण गर्ने साल्ट ट्रेडिङले भने प्रतिकेजी ७९ रुपैयाँमा बिक्रि गर्दै आएको छ । आफुहरुसँग नयाँ चिनी नभएको र पुरानो स्टककै चिनीको बिक्रि गरेकाले सबैलाई दिन सक्ने अवस्था नभएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बताउँनु भयो ।

सरकारसँग चिनी आयातका लागि आग्रह गरेपनि लामो समयसम्म सरकारले नसुनेको उहाँको गुनासो छ । उता उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले साल्ट्र डेडिङलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न दिन अर्थमन्त्रालय समक्ष सिफारिस गरेको जनाएको छ ।

सरकारले साल्ट ट्रेडिङलाई चिनिमा ५० प्रतिशत भन्सार छुट दिंदै आएका छ । यसकारण उपभोक्ताले यहाँको चिनी सस्तो मूल्यमा खरिद गर्न पाउँदै आएका छन् ।

चिनीको भन्सार मूल्य ४० प्रतिशत रहेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७-७८ मा २ लाख ७ हजार ५४ मेट्रिक टन चिनी आयात भएको छ । यसबाट ९ अर्ब ९६ करोड राजस्व उठेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको

काठमाडौं ।दसैँका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । सिमानामा एक हजारभन्दा बढी

काठमाडौँ । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस