कुसुमको ‘काफल पाक्यो’ सार्वजनिक

११ श्रावण २०७८, सोमबार १२:११ मा प्रकाशित

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङको रहेको छ ।

कुसुमले भनिन्, ‘मदन पुरस्कार विजेता अग्रज सर्जकको गीतमा स्वर भर्न पाउनु मेरा लागि ठूलो भाग्य हो । गीतलाई सकेसम्म न्याय दिने प्रयास गरेकी छु ।’ दिनेश बान्तवा र राजन मुकारुङ जोडीको सहकार्य रहेको ‘हुरुक्कै भएँ म’ यसअघि नै हिट गीतको सूचीमा परिसकेको छ ।

कुसुम गुरुङको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको ‘लाइभ भिडियो’ रीमा फिल्मस्को स्टुडियोमा छायाङ्कन गरिएको हो । कुसुमलाई कोरसमा गायिकाद्वय सविना योङहाङ र सुनिता संयकले साथ दिएका छन् । भिडियो मिराज अर्यालले तयार पारेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा धेरै भोट पाएको

काठमाडौँ । प्रभात पाल ठकुरी र कविता न्यौपाने फिचर्ड ‘एकै छिन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार गोपाल लोहारको

गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै

बलिउड अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छन्। अलौकिक देसाइको निर्देशनमा बन्ने फिल्म ‘सीताः द इनकार्नेशन’ मा कंगना पक्का

आजको प्रमुख समाचार