थाईल्याण्डको इन्डेक्स फर्निचर जावलाखेलमा

२९ भाद्र २०६९, शुक्रबार १५:०४ मा प्रकाशित

काठमाडौं, २९ भदौ । थाईल्याण्डको इन्डेक्स फर्निचर कम्पनीले ललितपुरको जावलाखेलमा शोरुम खोलेको छ ।
एक कार्यक्रमकाबीच नेपालका लागि थाई राजदुत काङथोङ उमाकुल इन्डेक्स नेपाल प्रालिका अध्यक्ष विनोद तुलाधर र इन्डेक्स मलका असिष्टेन्ट भाई पि्रसिडेन्ट नुकनोई कित्सुब्पायवुजले संयुक्तरुपमा शोरुम उद्घाटन गरेका छन् । जावालाखेलस्थित स्टिल टावरबाट कारोबार शुरु गरेको फर्निचर शोरुमले थाईल्याण्ड जर्मनी इटली डेनमार्क लगायत देशका डिजाईनरले डिजाईन गरेका ब्राण्डेड फर्निचरहरु उपलब्ध गराउने जनाएको छ । नेपाली उपभोक्तालाई विश्वस्तरीय तथा गुणस्तरीय उत्पादन तथा सेवासँग परिचित गराउने उदेश्यका साथ शोरुमको स्थापना गरिएको कम्पनीका प्रबन्ध निर्देशक दिलिपराज भण्डारीले जानकारी दिए । इन्डेक्सले वारेण्टिका साथ फर्निचरहरु बिक्री गर्ने पनि जनाएको छ ॥

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको