भोलिबाट निर्णायक बार्ता : खनाल

२९ भाद्र २०६९, शुक्रबार १५:०१ मा प्रकाशित

काठमाडौं, २९ भदौ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले गतिरोध अन्त्यका लागि भोलिबाट निर्णायक बार्ता सुरु हुने बताउनु भएको छ । एमाले चितवनको आठौ जिल्ला सम्मेलन उदघाटन गर्न चितवन पुग्नु भएका अध्यक्ष खनालले भरतपुर बिमानस्थलमा गतिरोध अन्त्यका लागि दलहरु प्रयत्नशिल रहेको बताउनु भयो । दुई दिनसम्म चल्ने जिल्ला अधिवेशनको एमाले अध्यक्ष खनालले केहिबेरपछि पार्टि कार्यालय कृष्णपुरमा उदघाटन गर्दै हुनुहुन्छ । आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि पार्टी अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता केपी ओली समर्थकबीच प्रतिस्पर्धा हुने भएको छ। अधिवेशनमा कार्यसमिति अध्यक्षमा खनाल पक्षका कृष्ण खनाल र ओली पक्षका जगन्नाथ थपलियाले उम्मेदवारी दिने भएका छन ्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्