सविताको ‘ऐना हेरी हेरी’ मा बिछोडको पिडा

९ श्रावण २०७८, शनिबार ०९:०७ मा प्रकाशित

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

प्रेमिल जोडीको मार्मिक कथालाई समेटेर तयार पारिएको यस गीतलाई संचारकर्मी शिवराज योगीले लेखेका हुन्। गीतमा भिम बिसीको संगीत रहेको छ। विश्व अधिकारीले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

वियोगान्त कथामा तयार पारिएको म्युजिक भिडियोमा आकाश कार्की र अनु काफ्लेलाई फिचर्ड गरिएको छ। नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी रहेको छ । भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन्।

सविता अधिकारी निर्मात्री रहेको यस भिडियोलाई गम्भिर विष्टको निर्देशनमा तयार पारिएको हो। छोटो समयमा नै दर्शक, स्रोता म्युजिक भिडियोले सुखद प्रतिक्रिया प्राप्त गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। चर्चित गायिका ब्रिटनी स्पियर्सको बेडरुममा समेत निगरानी हुन्थ्यो र उनको जासुसी गर्नको लागि उनका आफ्नै पिताले एक सुरक्षा फर्मलाई

काठमाडौं । कमेडियन कपिल शर्मा गम्भीर संकटमा फसेका छन् । भारतीय कमेडी टेलिभिजन शो ‘द कपिल शर्मा शो’विरुद्ध उजुरी दायर

चर्चित गायिका इन्दिरा जोशीले बिबाहअघिको इन्गेजमेण्ट सुटुक्क गरे पनि उक्त समाचार र तस्बिर भाइरल भएको छ । सामाजिक सञ्जालमा धेरै

काठमाडौँ। विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा