टोकियो ओलिम्पिक्समा कल्पनाको राष्ट्रिय कीर्तिमान

९ श्रावण २०७८, शनिबार ०८:२६ मा प्रकाशित

काठमाडौं । टोकियो ओलिम्पिक्समा नेपाली खेलाडीहरूको खेल आजदेखि शुरु भएका छन् । शुटिङमा नेपालकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । ओलम्पिक अन्तर्गत आज बिहान छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

आसाका सुटिङ रेञ्जमा कल्पनाले ६ सय १६ दशमलव ८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाइन् । कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकूदमा ६ सय १४ दशमलव ५ अंक जोड्दै कीर्तिमान बनाएकी थिइन् । तर, उनले फाइनल चरणमा स्थान बनाउन सकिनन् ।

५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहिन् । छनोटको शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् । त्यस्तै आजै जुडोमा सोनिया भट्टले ४८ केजी मुनिको तौल समूहमा खेल्ने छिन् । भट्टले रसियन खेलाडी डोल्गोभा इरिनाको सामना गर्नेछिन् । कल्पना र सोनिया वाइल्ड कार्ड मार्फत ओलम्पिक खेल्न छनोट भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनले विजयी यात्राको सुरुवात गरेको छ ।

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनका अफगानिस्तानका रहमानउल्लाह गुर्बजले अर्धशतक प्रहार गरेका

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनलाई ललितपुर प्याट्रीएट्सले मध्यम लक्ष्य प्रस्तुत गरेको छ

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीएट्स