अचम्ममा पार्ने युकेका यी ५ परम्पराहरु

८ श्रावण २०७८, शुक्रबार ०९:२९ मा प्रकाशित

एक ठाउँको रहनसहन र परम्परा अर्को ठाउँको लागि नौलो त लाग्छ नै ! यस्ता केही चालचलन पनि हुन्छन् । जुन नौलो मात्र लाग्दैनन् । त्यो देखेर हामी अचम्ममा पछौं । ति सभ्यता र आनीबानी हामीले कल्पनासम्म गरेका हुँदैनौं । विश्वका कतिपय कुनामा धेरै अचम्म पार्ने खालका रहनसहन छन् । जुन हामीलाई थाहै छैन । यस्तै अचम्ममा पार्ने युके सभ्यताबारे यहाँ चर्चा गर्दै छौं ।

मे मर्निङ
मे को बिहानबाट यो परम्परा सुरु हुन्छ । जब म्याग्डानलेन कलेजको गायक मग्दालेन टावरको माथिबाट गीत गाउँछन् । तब गीत सुन्न छेउछाउमा भीड लाग्छ । सडकमै नाँच्दै गाउँदै, झुम्छन् । आत्मीयता साटासाट गर्छन् । ५ सय वर्ष भन्दा पूरानोबाट चल्दै आएको कल्चरको लिखित रेकर्ड सन् १४ सय पछिको दिनभरी जिवन्त संगीत प्रदर्शन हुन्छ । १९८० को दशक देखि कुनै स्पष्ट कारणको लागि म्याग्डालेन पुलबाट चेयर वेल नदीमा उफ्रिने यो विशिष्ट परम्परा थपिएको छ ।

जब न्यानो मौसम सुरु हुन्छ । फूलहरु फुल्छन् । त्यतिबेला माया, आत्मियता, रोमान्स साटिन्छ ।

द कपर्स हिल चिज रोलिङ एण्ड वेक
युकेको अर्को अचम्ममा पार्ने परम्परा हो यो । मान्छे प्रख्यात ठाडो कपर्सको पहाडबाट डबल ग्लोस्टर चिज फालेर चिजको पछि मानिसहरु तल दौडि रहेका भेटिन्छन् । यसलाई विश्व प्रख्यात इभेन्ट पनि मानिन्छ । यसलाई सुरुमा त्यही नजिकका स्थानीय बासिन्दाले सेलिब्रेट गर्थे । अहिले विश्वका विभिन्न देश नेपाल, क्यानडा, अष्टे«लिया न्युजिल्याण्डबाट मान्छेहरु इभेन्टमा सहभागी हुन्छन् । जसले तल गुडिरहेको चिज रोल भेट्छ । ऊ नै दौड प्रतियोगिताको विजेता हुन्छ ।

यो मे को अन्तिम सोमबार मनाइन्छ । ठ्याक्कै यो सभ्यता कसरी सुरु भयो भन्ने यकिन तथ्य त छैन । तर, मानिसहरुले यसलाई अझैं पनि पछ्याई रहेका छन् ।

दौडिदा कहिलेकाही प्रतीयोगीलाई चोटपटक पनि लाग्छ । तर, प्राथमिक उपचार बक्सको पहिले नै तयारी गरिएको हुन्छ । गम्भीर दुर्घटना नहोस् भनेर एमबुलेन्स पनि भारी मात्रामा तैनाथ गरेर राखिएको हुन्छ ।

बेलायतमा रहेका नेपाली हरु ले आफु ले मेहनत गरेर कमाएको पैसा अब कानुनी रुपमा नेपाल पठाउन सक्दछन् । बेलायत को रेमिट्यान्स अपरेटर मनिटु ले गत अप्रिलबाट यो सेवा को सुरुवात गरेको छ । जस अन्तर्गत कम्पनीले नेपाल पैसा पठाउदा कुनै शुल्क लिने छैन । विनिमय दर पनि अन्य कम्पनिहरु भन्दा उत्कृष्ट भएको कम्पनिले दाबी गरेको छ ।

मनिटु बाट नेपाल पैसा पठाउन को लागि सर्बप्रथम मनिटु मा आफ्नो अकाउण्टको आवश्वक पर्द । जसको लागि मनिटु एप्लिकेशनमा अथवा वेभसाइट https://bit.ly/3hCgE6P गई आफ्नो सम्पूर्ण विवरण भर्नुपर्ने हुन्छ । साथै सेल्फी, फोटो आइडि र प्रुफ आफ एड्रेस अपलोड गरि मनिटु मा आफ्नो अकाउन्ट बनाउन सकिने छ । अकाउन्ट रजिस्टर्ड भैसके पछि सजिलै मनिटु एप्लिकेशन अथवा वेभसाइटमार्फत नेपाल पैसा पठाउन सकिने छ । बेलायतबाट पठाएको पैसा नेपालमा १८१ शहरहरु र गाउँहरूमा सहित गरेर ६ हजार ३०० वटा सुरक्षित र सुविधायुक्त नगद पिकअप स्थानहरु बाट प्राप्त गर्न सकिने छ ।

साथै पठाएको रकम नेपाली रुपैंयामा कृषि विकास बैंक, बैंक अफ काठमाडौँ ,सिटिजन्स बैंक, सिभिल बैंक, एभेरेस्ट बैंक, गरिमा विकास बैंक, ग्लोबल आई.एम.ई बैंक, हिमालयन बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, लुम्बिनी विकास बैंक, माछापुछ्रे बैंक, महा लक्ष्मी विकास बैंक , मेगा बैंक नेपाल, मितेरी डेभलपमेन्ट बैंक, नबिल बैंक, नेपाल बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्शियल बैंक, राष्ट्रिय वाणिज्य बैंक र अन्य बैंकहरूबाट प्राप्त गर्न सकिने छ ।

विधवाको पाउरोटी(विडोज बन)
हरेक वर्ष गुड फ्राइडेमा विधवा बनको परम्परा मनाइन्छ । यो युकेको अर्को अचम्ममा पार्ने चलन हो । कथन यो हो कि बृद्ध विधवाको एक्लो छोरा नेपोलियन युद्धमा थिए । उनले छोरालाई इस्टरमा घर फर्किने र उनको लागि पर्खिरहेको एक राम्रो तातो क्रस बनमा राखेर पत्र लेखेको कथन छ ।

तर, युद्धमा गएका उनका छोरा कहिले फर्केर आएनन् । त्यसपछि शोकग्रस्त आमाले आफ्नो जीवनको हरेक गुड फ्राइडेमा ताजा तातो क्रस बन बनाई रहिन् । आमाको मृत्युपछि उक्त तातो क्रस वनको एक विशाल संग्रह उनको कटेजको छतमा झुण्डिएको जालोमा भेटिएको थियो । १८५८ मा बनेको उक्त कटेज अहिले परम्पराको रुपमा स्थापना भई सकेको छ ।

अहिले पनि यसलाई पछ्याउदै विडोज सन भन्ने पबमा बन बेचिन्छ । हरेक गुड फ्राइडेमा छतमा झुण्डिएको जालमा एक एक वटा वन थपिन्छ ।

पत्याउनै नसकिने चिया पारखी
चिया सँग युकेको सम्बन्ध १६ सय दशक पछिको हो । अहिलेको समयमा पनि युके समाजमा चियाको लोकप्रियता उत्तिकै छ । उनीहरुले अनौठो तरिकाले चियाको आनन्द लिन्छन् ।

अर्को रोचक तथ्या त के छ भने चिया पिउनु शिवाय चियाको पातको पनि उनीहरु पठन गर्छन् । १९५० को दशकमा चिया झोलाको परिचय हुनु अघि छाला पात चिया सामान्यतया चियाको भाँडामा बनाइन्थ्यो ।

चियाको तयारीसँगै रमाइलो परम्परा भनेको टेसोग्राफी वा चिया पातहरुको पठन थियो । चिया खाई सकेपछि कपलाई अन्तिम घुमाउन दिइयो फलस्वरुप पातहरु कपको तल्लोमा बान्की हुन्छन् । चिया पत्ति पाठकले त्यस अलवा बान्कीको व्याखा गरेर पिउनेको भविष्यको भविष्यवाणी समेत गर्छन् ।

मान्छेहरु पार्कमा भेट्छन् । नाँच्छन् । अनि चिया पिउछन् ।

बोग स्र्नोकेलिङ
युकेको अनौठो परम्परामध्ये अर्को बोग स्र्नोकेलिङ पनि हो । बोग स्र्नोकेलिङ यस्तो घटना हो, जुन प्रतिस्पर्धीहरुले सम्भव भएसम्म छिटो भन्दा पिट बोगमा खाडलबाट ११० मिटर स्र्नोकेलिङ गर्नुपर्छ । नामले देखाएजस्तै प्रतिस्पर्धीहरुले दौड पूरा गर्न स्र्नोकेलिङ र फ्लिपर लगाउनुपर्छ ।

जसमा परम्परागत पौडी खेल्ने स्ट्रोकहरु प्रयोग गर्न नमिल्ने कठिनाई भएको थियो । १९७६ मा सिर्जना गरिएको लानवर्टिङ बेल्समा बोग स्र्नोकेलिङ र १९८५ मा विश्व च्याम्पयिनशिप बन्न पुग्यो । वर्तमानमा वेल्स, अष्ट्रेलिया आयल्याण्ड र स्वीडेनमा अभ्यास गरि रहन्छ ।

यस बाहेक युकेका अरु पनि रोचक बानी र परम्परा छन् । युकेका कतिपय बाथरुममा कार्पेट बिछ्याइन्छन् । मे मर्निङमा गरिने डान्स जस्तै मोरिस डान्सिङ मे पोल डान्सिङ पनि उत्तिकै रोचक छ ।
कुनै दिन यहाँ आउनु भयो । युके घुम्नु भयो । तपाईँहरुले युकेका यि रोचक तथ्यबारे पनि जान्नु भयो भने तपाईँको युके भिजिट अझैं यादगार बन्न सक्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।

नेपाल जस्तो मुलुकमा राष्ट्रिय समाचार समिति (रासस)को भावी दिनमा पनि अन्यत्रभन्दा महत्व बढ्छ । पहिलो कुरा, समाचार समिति राष्ट्रको ‘प्रेष्टिज

थारुहरू नेपालको तराई क्षेत्रको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः भित्री मधेसमा छरिएर बसोबास गरेका छन् । यतिखेर

दूध, मासु, अन्डा, उन, श्रम आदिका लागि जनावरहरूलाई घरमा पाल्ने कामलाई पशुपालन भनिन्छ । पशुपालन जनावर वा पशुपक्षी पाल्ने पेसा