यस्तो छ उपभोग्य वस्तुको सरकारी मूल्यसूची

२९ भाद्र २०६९, शुक्रबार १०:४३ मा प्रकाशित

काठमाडौं, २९ भदौ । मूल्य नियन्त्रणको प्रयास भन्दै सरकारले पहिलोपटक केही उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य तोकेको छ। मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा बिहिबार बसेको सरोकारवालाको बैठकले १५ उपभोग्य वस्तुको एमआरपी तोकेको हो। व्यवसायीका प्रतिनिधिसमेतको सहमतिमा बैठकले चामल, दाल, गेडागुडी र पिठोको भाउ भाउ तोकेको हो। नुन र चिनीको भाउ भने सरकारी संस्थानसँग छलफल गरेर मात्र तोकिने बताइउको छ भने खानेतेलमा प्याकेटमा लेखिएको एमआरपीमा २ प्रतिशत छुट दिने निर्णय गरिएको वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले जानकारी दिए ।
सरकारले सोना मन्सुली र जिरा मसिनो चामल, मास, मुङ र मुसुरो दाल, चना, केराउ, बोडी, आटा र मैदाको एमआरपी तोकेको छ। सरकारले तोकेको मूल्य अहिलेको बजार भाउभन्दा किलोमा १ देखि १३ रुपैयाँसम्म कम छ। सरकारका तर्फबाट वाणिज्य विभाग र व्यवसायीका तर्फबाट नेपाल चेम्बर अफ कमर्सले प्रस्ताव गरेको मूल्यलाई आधार मानेर एमआरपी तोकिएको हो। दुवै पक्षले प्रस्ताव गरेका मूल्य विश्लेषण गरेर भाउ तय गरिएको बिडारीले बताए । अहिले तोकिएको मूल्य १५ , १५ दिनमा विश्लेषण गरेर थपघट गर्ने निर्णय बैठकले गरेको पनि बताइएको छ ।
यसैबीच उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले सरकारले व्यापारीकै भाउलाई मान्यता दिएको आरोप लगाएका छन् । भाउ तोक्ने काम राम्रो भए पनि जति घट्नुपर्ने नघटेको भन्दै उनले सर्वसाधारण उपभोक्तालाई यसबाट खासै राहत नपुग्ने उल्लेख गरे । तथापि यसलाई कार्यान्वयन गर्न सके राम्रै हुने उनको कथन थियो ।

उपभोग्य वस्तुको तोकिएको मूल्य (किलोमा)

जनरल सोना मन्सुली ३६
स्टिम सोना मन्सुली ४६
जनरल जिरा मसिनो ५५
स्टिम जिरा मसिनो ६०
मास दाल मझौला ९६
मास दाल ठूलो गेडा १०५
मुसुरो दाल मझौला ९३
मुसुरो दाल ठूलो गेडा १०२
मुङ खोस्टा मझौला ११७
मुङ खोस्टा ठूलो गेडा १२७
चना मझौला १०७
केराउ सेतो ६५
बोडी ९५
आटा ३१
मैदा ३६

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – साताको पहिलो र दोस्रो दिन उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको छ ।

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको

काठमाडौं ।दसैँका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । सिमानामा एक हजारभन्दा बढी