टोकियो ओलम्पिकको आज औपचारिक उद्घाटन 

अघिल्लो वर्ष नै हुनुपर्ने टोकियो ओलम्पिक–२०२० कोरोनाभाइरसको महामारीका कारण एक वर्ष ढिला गरी अहिले हुन लागेको हो । नेपालबाट खेलाडीसहित २३ सदस्सीय टोली जापान पुगिसकेका छन् ।
८ श्रावण २०७८, शुक्रबार ०८:२२ मा प्रकाशित

टोकियो। जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । प्रतियोगिता आजदेखि सुरु भई आगामी अगस्ट ८ मा सकिने छ । प्रतियोगिताका लागि लाखौँ खेलाडी तथा खेल पदाधिकारीहरु टोकियो पुगिसकेका छन् ।

ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ। उद्घाटन समारोहमा खेलाडीको मार्च पाससहित विभिन्न कार्यक्रमहरु हुनेछ। ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् ।

अघिल्लो वर्ष नै हुनुपर्ने टोकियो ओलम्पिक–२०२० कोरोनाभाइरसको महामारीका कारण एक वर्ष ढिला गरी अहिले हुन लागेको हो । नेपालबाट खेलाडीसहित २३ सदस्सीय टोली जापान पुगिसकेका छन् ।

नेपालकी जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकको पहिलो चरणमा रुसी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । ओलम्पिकमा महिलाको ४८ केजी तौल समूहमा सोनियाले प्रतिस्पर्धा गर्ने छिन् । सोनियाले रुसी खेलाडीसँग जुलाई २४ मा खेल्ने छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनले विजयी यात्राको सुरुवात गरेको छ ।

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको