हर्बोका ठगहरुलाई छुटकारा दिएकोमा काठमाडौंका प्रजिअसंग स्पष्टिकरण

२९ भाद्र २०६९, शुक्रबार १०:३९ मा प्रकाशित

काठमाडौं, २९ भदौ । सर्वसाधारणलाई ठगी गरेको आरोप पुष्टि भइसकेका हर्बो इन्टरनेसनलका सञ्चालकहरुलाई ३५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मासँग गृह मन्त्रालयले लिखत स्पष्टीकरण लिएको छ । अवैध रुपले नेटवर्किंग कारोबार संचालन गर्दैआएको हर्बोविरुद्ध १ अर्ब १६ करोड ८९ लाख ६ हजार रुपैयाँ बराबरको आर्थिक कसुर गरेको दाबीसहित उजुरी परेको थियो । काठमाडौंका प्रजिअ शर्माले करिब तीन साताअघि हर्बो अध्यक्ष गोकुल श्रेष्ठ र उपाध्यक्ष पुष्पराज पुरुषलाई जनही ३५ हजार रुपैयाँ धरौटीमा छाडेका थिए ।

मुद्दामा बिगो रकम नतोकिएको हुंदा कानुनअनुसार धरौटी लिएर छाडेको दाबी शर्माले स्पष्टीकरणमार्फत गरेका छन् । गृहसचिव नवीनकुमार घिमिरेले हर्बोका विषयमा शर्मा र सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेका थिए ।
हर्बोलाई माथिल्लो तहका नेताहरूले राजनीतिक संरक्षण दिएको चर्चा चल्दै आउको छ। विशेष गरी एमाओवादी र एमालेका केही नेताहरूको संरक्षण उनीहरुलाई रहेको पीडितहरू बताउँछन् । हर्बो उपाध्यक्ष पुष्पराज पुरुषले प्रधानमन्त्री भट्टराई र उनकी पत्नी हिसिला यमीसँग खिचेको फोटो हर्बोका उच्च तहका लिडरहरूले फेसबुकबाट सार्वजनिक गरेका छन् । ती फोटो कहिले खिचिएको हो भन्ने खुल्न नसके पनि प्रधानमन्त्री भट्टराई र उनकी पत्नी यमीसँग आफ्नो सम्बन्ध भएको दाबी गर्न फोटो राखिएको प्रस्टै अनुमान लगाउन सकिन्छ ।गत चैतमा सर्वोच्च अदालतको निर्णयसँगै सम्पूर्ण नेटवर्क मार्केटिङ कम्पनी गैरकानुनी भएपछि हर्बो सञ्चालक भूमिगत भएका थिए ।
प्रहरीले उनीहरूको खोजी तीव्र पारेपछि तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको निजी सचिवालयबाट गृह मन्त्रालयलाई हर्बो सञ्चालकलाई धरपकड नगर्न पत्र गएको थियो । स्रोतका अनुसार उक्त पत्रमा तत्कालीन मन्त्री भट्टका एकजना पीएको हस्ताक्षर छ । त्यसबाहेक माओवादी केन्द्रीय सदस्य विकेश श्रेष्ठले हर्बोको पक्षमा मिडियामा लबिङ गरेका थिए । उनले हर्बोको गुणगान गाउँदै एक साप्ताहिक पत्रिकामा संक्षिप्त अन्तर्वार्तासमेत दिएका थिए ।

स्मरण रहोस्, हर्बोको नेटवर्क मार्केटिङले चरम सामाजिक विग्रह सिर्जना गरेको छ । हर्बोका अधिकांश सदस्यको सामाजिक प्रतिष्ठामात्र गुमेको छैन, रातारात करोडपति बन्ने सपना बाँड्दा परिवार र आफन्तसँगको सम्बन्धसमेत नराम्ररी बिग्रिएको छ । करोडपति बन्ने प्रलोभनमा दुरदराजका गाउूलेसमेत हलगोरु र कुखुरारबाख्रा बेचेर हर्बोको सदस्य बनेका छन् । सिआइबीको अनुसन्धानले हर्बोले २ लाख ३५ हजार ४ सय ७८ सदस्य बनाएको पुष्टि गरेको छ । ती सदस्यबाट हर्बोले कम्तीमा १ अर्ब ४३ करोड ३५ लाख ७५ हजार ५ सय रुपैयाँ ठगी गरेको सीआईबीको ठहर छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई