अमेरिकाबाट हरेक साता लोकदोहोरी कार्यक्रम

७ श्रावण २०७८, बिहीबार ०९:०३ मा प्रकाशित

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कलाकारले नेपाली लोक दोहोरी गीतको प्रवद्र्धनका लागि त्यहीँबाट प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु गरेका छन् । संयुक्त राज्य अमेरिकाको केन्टकी राज्यमा पर्ने लेक्सिन्टन सहरमा बस्ने नेपाली कलाकारले दोहोरी कार्यक्रम सुरु गरेका छन् ।

चलचित्र निर्देशन सुमन दाहालको संयोजन तथा निर्देशनमा ‘लेक्सिन्टन दोहोरी’ कार्यक्रम सुरु भएको हो । हरेक साता आफुहरू जम्मा भई नयाँ नयाँ दोहोरी गीत गायन प्रतियोगिता गर्दै आएको दाहालले बताए । त्यसलाई छायांकन गरेर दोहोरी कार्यक्रमका रूपमा युट्युब च्यानलबाट प्रसारण गर्न थालिएको छ ।

यो प्रत्यक्ष दोहोरी गायनको मुख्य गायक गायिकामा बिष्णु डुम्रे र सम्झना अधिकारी छन् । अन्य गायक गायिकामा सिर्जना मरासिनी, सरिता मरासिनी, नर्वदा खरेल, हिम कुँवर, सन्दिप अर्याल, सीताराम अधिकारी, कुष्माखर भट्टराई, श्याम पराजुली, कृष्ण पराजुली, युवराज ढुंगाना तथा समूह गायनमा रूपा अर्याल, मन्जु थापा, कल्पना अधिकारी, बबिता अधिकारी पराजुली, तुलसा सुवेदी, सरस्वती पाण्डे, शर्मिला सुवेदी, आरती थापा रहेको पनि निर्देशक दाहालले जानकारी गराएका छन् । दोहोरी गायनमा मादलतर्फ गणेश खड्का, हार्मोनियममा सनातन रेग्मी गिटारमा कृष्ण राना, तबलामा उद्धव उप्रेती छन् ।

एनआरएनए अमेरिका केन्टकी च्याप्ट अध्यक्ष केशवराज लोहनी प्रमुख आतिथ्यतामा पहिलो शृंखलाको छायांकन गरिएको छ । कार्यक्रममा स्थानीय नेपाली संस्था फोनाका पूर्वअध्यक्ष रामप्रसाद खनाल, कवि डमरु पौडेलले पनि कार्यक्रम सफलताको कामना गरेका छन् । यो कार्यक्रमको छायांकारमा पवन गौतम, राजु तिमल्सिना, अक्की शर्मा र कार्यक्रम सञ्चालकमा सुमन दाहाल आफैं रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। चर्चित गायिका ब्रिटनी स्पियर्सको बेडरुममा समेत निगरानी हुन्थ्यो र उनको जासुसी गर्नको लागि उनका आफ्नै पिताले एक सुरक्षा फर्मलाई

काठमाडौं । कमेडियन कपिल शर्मा गम्भीर संकटमा फसेका छन् । भारतीय कमेडी टेलिभिजन शो ‘द कपिल शर्मा शो’विरुद्ध उजुरी दायर

चर्चित गायिका इन्दिरा जोशीले बिबाहअघिको इन्गेजमेण्ट सुटुक्क गरे पनि उक्त समाचार र तस्बिर भाइरल भएको छ । सामाजिक सञ्जालमा धेरै

काठमाडौँ। विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा