भब्यताका साथ नेजा नाइट सम्पन्न

२९ भाद्र २०६९, शुक्रबार १०:०६ मा प्रकाशित

किशोर पन्थी, अमेरिका । विश्वभरका नेपाली पत्रकारहरुको लागि आपतकालिन राहत कोष स्थापनार्थ अमेरिका र क्यानडामा रहेका नेपाली पत्रकारहरुको एकमात्र छाता संगठन नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा न्युयोर्कमा भब्यताका साथ नेजा नाइट सम्पन्न भएको छ । नेजा नाइटसम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण कलाकारहरु, समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरु र कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकबृन्दहरुप्रति आभार व्यक्त गर्दर्छौ । ऐतिहासिक रुपमा भब्यताका साथ सम्पन्न नेजा नाइटमा बरिष्ठ नेपाली कलाकारहरुका सांगितिक र मनोरञ्जनात्मक प्रस्तुतीहरुबाट न्युयोर्कका नेपालीहरुले प्रसस्त मनोरञ्जन प्राप्त गरेको हामीले विश्वास लिएका छौं ।

न्युयोर्कको अस्टोरियामा रहेको चियान फेडेरेशनमा सम्पन्न नेजा नाइटमा नेपालीहरुको उपस्थीति यति बाक्लो थियो कि हलमा बस्ने सिट नपाएर कतिपय दर्शकहरुले उभिएरै पनि सांगितिक सॉझको मजा लिएका थिए । अत्यन्तै अनुशासित र सौहाद्रपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमको सुरुमा चर्चित गायिका नलिना चित्रकारले गित गाएकी थिइन् । नेपालकी चर्चित नृत्यांगना संचिता कोइरालाले ‘उडायो पछ्यौरी’ बोलेको गितमा नृत्य प्रस्तुत गरिन् भने कार्यक्रममा बरिष्ठ गायिका सपना श्रीले गित प्रस्तुत गरिन् । त्यस्तै धर्मविर लामाको नृत्य पनि कार्यक्रमको आकर्षण रहेको थियो । अर्का चर्चित गायक कर्णदासको प्रस्तुती धेरै दर्शकले पहिलोपल्ट लाइभ हेर्न पाए नेजा नाइटमा । वल्र्ड रेकर्ड ब्रेकर रोहित तिमिल्सिनाले पनि कार्यक्रममा आकर्षक नृत्य देखाए ।

हास्यकलाकार रतन सुवेदीको प्रस्तुती कार्यक्रममा अर्को आकर्षण थियो । वशन्त डान्स सेन्टरका कोरियोग्राफर विजय नकर्मीको कोरियोग्राफीमा नायक रमेश उप्रेती र सम्झना कार्कीले नृत्य प्रस्तुत गरेका थिए । चर्चित लोक गायक प्रेमराजा महतको गितमा दर्शकहरु निकै रमाएका थिए । त्यस्तै नेपालकी चर्चित कलाकार गौरी मल्लको नृत्य कार्यक्रमको अर्को आकर्षण थियो । कार्यक्रममा चर्चित गायक यम बरालले गित प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा चर्चित गायक फिरोज स्याङदेनले गित प्रस्तुत गरेका थिए । डिजे डान्समा पनि न्युयोर्कका नेपालीहरु दिल खोलेर नाचेका थिए । कार्यक्रममा अन्य नेपाली कलाकारहरुको पनि उपस्थीति रहेको थियो ।

कार्यक्रममा नेजाका महासचिव किशोर पन्थीले कार्यक्रममा उपस्थीत सबैलाई स्वागत गर्नुभएको थियो भने अध्यक्ष आङछिरिङ शेर्पाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । संयुक्त राष्ट्रसंघका लागि नेपाल मिसनका कार्यवाहक स्थायी प्रतिनिधी सेवा लम्सालको प्रमुख आतिथ्य र मिनिस्टर कन्सुलर अमृत राईको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा न्युयोर्कका सामाजिक र राजनीतिक व्यक्तित्वहरुको पनि बाक्लो उपस्थीति रहेको थियो । कार्यक्रममा प्रस्तुती देखाउने कलाकारहरुलाई नेजा अध्यक्ष शेर्पाले खादा ओढाउनुभएको थियो भने प्रमुख अतिथी लम्सालले प्रमाणपत्र दिनुभयो । कार्यक्रमका संयोजक सूर्य थापाले कार्यक्रमको संचालन गर्नुभएको थियो । ५ घण्टासम्म चलेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी सेवा लम्सालले पत्रकारको राहत कोषका लागि यस्ता कार्यक्रम हुनु सकारात्मक रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

आजको प्रमुख समाचार