भारतद्वारा श्रीलंका पराजित

६ श्रावण २०७८, बुधबार ०९:०९ मा प्रकाशित

कोलम्बो । भारतले दोस्रो एकदिवसीय खेलमा श्रीलंका विरुद्ध तीन विकेटको रोमाञ्चक जीत हात पारेको छ । यो जीतसँगै ३-१ दिवसीय खेलको श्रृंखला भारतले एक खेल अगावै जितेको छ ।

गएराती आर प्रेमादासा स्टेडियममा टस जितेर पहिलो ब्याटिङ रोजेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७५ रनको बलियो लक्ष्य पूरा गरेको थियो ।

श्रीलंकाको ओपनर ब्याट्सम्यान अविस्का फ्रेनान्डो र मध्यक्रमका ब्याट्सम्यान चरिथ असालान्काले अर्धशतकीइ पारी खेल्दै श्रीलंकालाई बलियो स्थितिमा पुर्‍याएका थिए ।

१७६ रनको जीत लक्ष्य लिएर ब्याटिङमा उत्रिएको भारतले ४९ दशमलव १ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि यो जीत भारतको पक्षमा गएको हो ।

एक समय हारको नजिक पुगिसकेको भारतलाई आठौं विकेटका लागि बलर दीपक चाहर र भुवनेश्वर कुमारले ८४ रनको उत्कृष्ट साझेदारी गरेपछि भारतले रोमाञ्चक जीत हात पारेको हो ।

हिजोको खेलमा २ विकेट लिंदै ६९ रनको अविजित ब्याटिङ गरेका दिपक चाहर म्यान अफ द म्याच घोषित भएका थिए । अब तेस्रो तथा अन्तिम एक दिवसीय खेल आउँदो जुलाई २३ तारिखमा खेलिंदैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल

लन्डन । च्याम्पियन्स लीग फुटबलमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी भएका छन् । समूह ए को खेलमा सिटीले

आजको प्रमुख समाचार