
काठमाडौं, २९ भदौ । राष्ट्र बैंकले ट्रस्ट रिसिट (टिआर) कर्जामा कडाइ गर्दा कच्चा पदार्थ आयात गरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई ऋण तिर्न समस्या भएको व्यवसायीहरुले बताएका छन्। टिआर कर्जा भुक्तानी गर्न प्रतितपत्र खोल्दा उल्लेख नगरिएको अन्य नयाँ कर्जा दिन नपाउने व्यवस्थाले समस्यामा पारेको उनीहरुको कथन छ । कच्चा पदार्थ आयात गरेपछि उद्योगीले बैंकबाट टिआर कर्जा लिन्छन्। यस्तो कर्जा बैंकलाई १ सय २० दिनभित्र तिरिसक्नुपर्ने व्यवस्था छ।
बन्द, हडताल, लोडसेडिङ र राजनीतिक अस्थिरताले ल्याएको कच्चा पदार्थबाट तयारी वस्तु बनाइ बेचेर पैसा उठाउन समय लाग्ने र अन्य त्यस्तै अप्ठ्यारो अवस्था आइपर्दा ऋण तिर्न ढिलाइ हुन्थ्यो र व्यवसायीले टिआर ऋणलाई अल्पकालीन (सर्ट टर्म) कर्जामा परिणत गर्थे। तर, राष्ट्र बैंकले टिआर ऋण तिर्न अर्को ऋण दिन नपाउने व्यवस्था गरेपछि व्यवसायीलाई उद्योग चलाउन समस्या भएको हो। नोक्सानी व्यवस्था गर्दा बैंकहरूको नाफा प्रभावित हुने हुँदा उनीहरूले उद्योगीलाई जसरी भए पनि ऋण तिर्न दबाब दिन्छन्। ऋण तिर्न ढिलाइ भए बैंकहरूले पत्रपत्रिकामा फोटो र तीनपुस्ते नामावलीसहित सार्वजनिक सूचना निकालिदिन्छन्। यसले व्यवसायीलाई ऋण लिएर उद्योग चलाउन निरुत्साहित गरेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले बताए ।
यस्तै, शंकर समूहका संयुक्त प्रबन्ध निर्देशक शाहील अग्रवालका अनुसार टिआर ऋणमा गरिएको कडाइले उद्योग चलाउन अत्यन्त समस्या परेको छ ।
राजनीतिक अस्थिरता, लोडसेडिङ, श्रम समस्या भए पनि उद्योग सञ्चालन गरिरहेका व्यवसायीलाई राष्ट्र बैंकले सहुलियत दिनु पर्नेमा उल्टै निरुत्साहित गरेको अर्का एक व्यवसायीले जानकारी दिए। राष्ट्र बैंकका अधिकारीहरू भने टिआर ऋण अन्य कर्जा भुक्तानी गर्न प्रयोग गरिनेलगायतका दुरुपयोग भएको पाइएकाले त्यसलाई सुधार गर्न कडाइ गरिएको बताउँछन्।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार
काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ
मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द