आजबाट रकम दिएर लडाकू बिदाई गरिने, मापदण्ड पूरा नगर्नेलाई अवकासमै फर्काइने

२९ भाद्र २०६९, शुक्रबार ०९:५१ मा प्रकाशित

काठमाडौं, २९ भदौ । अवकासमा जान चाहने माओवादी लडाकूहरुलाई आजबाट बिदाई गरिंदैछ । यसअघि समायोजन रोजेर अवकासमा फर्किएका भर्नाको मापदण्ड प्ररा गर्न नसक्ने लडाकूलाई अवकासवापतको एकमुस्ट रकम र बाटो खर्च दिएर बिदाई गर्न लागिएको हो । उनीहरुलाई पूर्वघोषित अनुरुप रकम दिएर सम्बन्धित शिविरबाट बिदाई गरिने विशेष समिति सचिवालयका सचिव मधुविलास पण्डितले जानकारी दिनुभयो । अर्थमन्त्रालयले हिजो बिहिबार ८१ करोड ९५ लाख उनान्नब्बे हजार रकम निकासा गरेपछि आजबाट रकम बांड्न लागिएको हो ।
यसैबीच समायोजन र अवकासमा जाने लडाकूको संख्या लगभग बराबर हुने भएको छ । यसअघि समायोजन रोजेका ३ हजार १ सय २३ लडाकूमध्ये अहिलेसम्म पदिक दर्जाका लगि १ हजार ५ सय साठी र अधिकृत दर्जाका लागि एक सयको हाराहारीमा लडाकूले फारम भरेका छन् । समायोजन रोज्ने लडाकूको संख्या करिब १ हजार ७ सय पुगे पनि मापदण्ड पूरा नगर्नेलाई अवकासमा फर्काइने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न