बन्दका कारण मुलुकभरको जनजीवन प्रभावित

२९ भाद्र २०६९, शुक्रबार ०९:३६ मा प्रकाशित

काठमाडौं, २९ भदौ । महंगीको विरोधमा नेकपा–माओवादीले आह्वान गरेको आधादिने नेपाल बन्दका कारण मुलुकभरको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । मूल्यवृद्धि नियन्त्रणको माग गर्दै माओवादीले बिहान ६ बजेदेखि मध्यान्न १२ बजेसम्म मुलुकभर बन्द आह्वान गरेको हो । मुख्य शहरहरुमा यातायात, पसल, बजार, शिक्षण संस्था, कलकारखाना ठप्प रहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा माओवादीका कार्यकर्ताले प्रदर्शन जारी रखेका छन् ।
जबर्जस्ती बन्द गराउन खोजने ५ जनालाई ठमेल र रत्नपार्क क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरामा माओवादी कार्यकर्ताले प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको मोटरसाईकल तोडफोड गरेको प्रहरीले जनाएको छ ।
परिचयपत्र देखाए पनि बन्दकर्ताले बरालको मोटरसाईकल चिप्लेढुंगामा तोडफोड गरेका थिए । तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले माओवादीका जिल्ला सदस्य पूर्णबहादुर राउतलाई पक्राउ गरेको छ ।
सुरुमा दिनभरका लागि बन्द आह्वान गरेको माओवादीले बाल दिवस र तीज पर्वलाई ध्यानमा राखेर आज १२ बजेसम्मका लागि बन्द घटाएको हो । नेकपा माओवादीले प्रधानमन्त्री भट्टराईसमक्ष ७० बुंदे मागपत्र राख्दै पूरा नभए आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल