नेपालमा चल्दैन आइफोन फाइभ

२९ भाद्र २०६९, शुक्रबार ०८:५६ मा प्रकाशित

 काठमाडौं, २९ भदौ । एप्पलले आफ्नो बहुप्रतीक्षित स्मार्टफोनको नयाँ संस्करण आइफोन फाइभ अमेरिकाको सन फ्रान्सिस्कोमा आयोजित कार्यक्रममा धुमधामपूर्वक सार्वजनिक गरयो। तर नेपालमा रहेर उक्त फोनको आनन्द उठाउन चाहनेले भने निरास बन्न्पर्ने भएको छ । किनकि, अहिलेको अवस्थामा आइफोन फाइभ नेपालमा चल्दै चल्दैन।

त्यसो त आइफोनका कुनै पनि मोडल नेपालमा आधिकारिक रुपमा बिक्री सुरु भएको छैन। आइफोनले विश्वभरका टेलिकम अपरेटरहरुसँग मिली कन्ट्र्याक्टमा यो फोन बेच्ने गर्छ। सिम अनलक गरी त्यसलाई नेपालमा पनि चलाउन भने सकिने बनाइएको छ। तर, आइफोनका पुराना संस्करणहरुमा यो सुविधा उपलब्ध भए पनि आइफोन फाइभ भने सिमकै कारण नेपालमा चल्न सक्दैन।आइफोन फाइभमा प्रयोग हुने सिम ‘नानो सिम’ हो। नेपाल टेलिकम, एनसेल, युटिएललगायत नेपालका कुनै पनि टेलिकम अपरेटरले नानो सिमु वितरण गर्दैनन्। आइफोनको यसअघिका मोडलमा प्रयोग हुने माइक्रो सिम पनि नेपाली टेलिकम अपरेटरहरुले उत्पादन गरेका छैनन्। नेपाली अपरेटरहरुले रेगुलर सिम मात्रै उत्पादन गर्छन्। तर सिम कटरले काटेर यहाँका प्रयोगकर्ताहरुले रेगुरल सिमलाई नै माइक्रो सिम बनाई त्यसको प्रयोग गरिरहेका छन्। नानो सिम भने त्यसैगरी बनाउन संभव छैन । नानो सिम आकारमा मात्र सानो हैन, पातलो पनि हुन्छ। सिम काटेर सानो बनाए पनि पातलो बनाउन सकिँदैन। माइक्रो सिमभन्दा नानो सिम १५ प्रतिशतले पातलो हुन्छ। त्यसैगरी यो माइक्रो सिमभन्दा ४० प्रतिशत सानो हुन्छ।

यो अवस्थामा नेपाली टेलिकम अपरेटरहरुले नानो सिम उत्पादन नगरेसम्म पर्खनै पर्ने बाध्यता छ ।

यसरी एप्पलले आफ्नो उत्पादनमा नानो सिम प्रयोग गर्नुको पनि कारण छ । उसले आइफोन फाइभलाई पातलो बनाएकोले सिम पनि पातलो पार्नुपरेको हो भने अर्को कारणचाहिं सिम अनलकबाट बच्न खोज्नु पनि हो। माइक्रो सिम प्रयोग गर्ने पहिलो मोबाइल कम्पनी एप्पल नै थियो। तर चिप्ससहितको गिभे सिम राखेर त्यसलाई अनलक गर्न सकिन्थ्यो। नानो सिममा भने चिप्स राख्ने ठाउँसमेत हुन्न। त्यसैले सिम अनलक गर्न नसक्ने बनाउनु एप्पलको उद्देश्य भएको एबसिन्थे जेलब्रेकवालाहरु बताउँछन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ

जापानी अर्बपति युसाकु मेजावाले चन्द्रमा भ्रमण गर्नका लागि आठ जना सर्वसाधारणको खोजी गरिरहेका छन् । मेजावाले आफ्नो ट्वीटर अकाउन्ट मार्फत