बाढीले घर भत्काउँदा मुम्बईमा २५ को मृत्यु

४ श्रावण २०७८, सोमबार ०८:०३ मा प्रकाशित

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो । बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् । बाढीले रेल सेवालगायतका यातायात सेवा समेत अवरुद्ध हुँदा हजारौं मानिस अलपत्र परेको पाइएको छ ।

बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । अरूको अन्य ठाउँमा मृत्यु भएको हो ।

मुम्बइको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउसो १ बजे घटना भएको हो । घटनामा परी अरु सात जना घाइते समेत भएका छन् । उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको

क्यानाडा । चिनियाँ अग्रणी टेलिकम कम्पनी हुवावेईकी उच्च अधिकारी अमेरिकासँगको एक सम्झौता लगत्तै क्यानाडाबाट चीन फर्किएकी छन्। उक्त कम्पनीको आर्थिक

कपिलवस्तु। कपिलवस्तुको बुद्धभुमी नगरपालिका-१ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नक्कली भर्पाइ बनाई फरक शीर्षकमा रकम खर्च भएको पाइएकाे छ । कार्यक्रमअन्तर्गत