ढुंगाखानीले स्थानीयलाई सास्ती

४ श्रावण २०७८, सोमबार ०८:०० मा प्रकाशित

काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नं २ र १२ को सिमाना मापदण्ड मिचेर सञ्चालित ढुंगाखानीका कारण स्थानीयले सास्ती खेपेका छन् । हालै पनौती-२, घैयाबारीमा रहेको रोडा ढुंगा उद्योगले उत्खनन् गर्दा खसेको पहिरोले बाटो अवरुद्ध भएको हुँदा स्थानीय रातभर बाटोमा नै अलपत्र परेका थिए भने दूध विक्री गर्न नपाएर खोलामा बगाउन बाध्य भएका थिए ।

पहिरो खसेका कारण आवतजावत अवरोध भएको छ भने कृषकले दुध, तरकारी विक्री हुन सकेको छैन । पहिरो पन्छाएर खोलामा हालिएकाले खोला साघुरिएकोले सडक र बस्तीमा क्षति गर्ने भन्दै तल्लो तटीय क्षेत्रका स्थानीय त्रासमा छन् ।

पनौती २ र १२ को सिमानामा सञ्चालित ८ ढुंगाखानी तथा क्रसर उद्योगले थुपारेको धुलोका कारण खोला समेत साँघुरिएको कारण पहिरो खसे रोशी खोला थुनिने अवस्था छ ।

खानी र क्रसर उद्योगभन्दा ५ सय मिटर माथि जमिन करिब २ मिटर भासिएको छ । खोला थुनिएको खण्डमा रोशी खोला किनारका वस्ती, वडा नं ८, ७ देखि त्रिवेणीघाट तलको बस्ती, खेतमा पनि ठूलो असर गर्न सक्ने भन्दै स्थानीय चिन्तित छन् ।

खानी तथा क्रसर सञ्चालकहरु भने एकैपटक पहिरो नखस्ने दाबी गर्दै खसिहाले ६ वटा मेसिन तयारी अवस्थामा राखिएको तर्क गर्दै आएका छन् ।

पहिरोको जोखिममा रहेका जग्गा, घर खानी सञ्चालकले आफ्नो मूल्यमा खरिद गर्ने गरेका छन् । नीजी जग्गा खरिद गरेपनि गोरेटो, घट्ट, मन्दिर जस्ता सार्वजनिक सम्पतिमा पनि क्षति हुदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको

कपिलवस्तु। कपिलवस्तुको बुद्धभुमी नगरपालिका-१ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नक्कली भर्पाइ बनाई फरक शीर्षकमा रकम खर्च भएको पाइएकाे छ । कार्यक्रमअन्तर्गत

काठमाडौँ ।विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आआफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने गर्दछन्