यस्ता छन् नवनियुक्त आइजीपी रानाका प्राथमिकता

२९ भाद्र २०६९, शुक्रबार ०८:०८ मा प्रकाशित

काठमाडौं, २९ भदौ । सत्ता साझेदार दलको बीचमा लामो रस्साकस्सीपछि सरकारले एआइजीपी कुवेरसिंह रानालाई प्रहरी महानिरीक्षक (आइजीपी)मा बढुवा गरेको छ । मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले रानालाइृ महानिरीषकमा नियुक्त गरेको हो । नवनियुक्त महानिरीक्षक रानाले आज शुक्रबारदेखि कार्यभार सम्हाल्नुहुनेछ । नेपाल प्रहरीको २३ औं महानिरीक्षक बन्नुभएका रानाको कार्यकालचाहिं १३ महिनाको मात्र हुनेछ ।
गृहमन्त्री विजय गच्छदार अर्का एआइजीपी भीष्म प्रसाईंलाई महानिरीक्षक बनाउनुपर्ने पक्षमा रहे पनि तर अन्ततः उहां आफैंले मन्त्रीपरिषदमा रानाको नाम प्रस्ताव गर्नुपर्ने अवस्था आइपरेको थियो । प्रधानमन्त्रीले ‘कि त रानाको पक्षमा प्रस्ताव ल्याउनु अन्यथा आफ्नै राजीनामा बोकी आउनु’ भन्ने स्पष्ट संकेत मिल्नेगरी गृहमन्त्रीलाई चेतावनी दिएपछि गच्छदार गल्न पुग्नुभएको स्रोतको कथन छ ।
आइजीपी कसलाई बनाउने भन्ने विवादका कारण एक महिनाअघि नै बिदामा घर बस्नुपर्ने निवर्तमान आइजीपी रविन्द्रप्रताप शाहले हिजो अन्तिम दिनसम्म नै कार्यालयमै आजिर भई जिम्मेवारी निर्वाह गर्नुपरेको थियो । प्रधानमन्त्री भट्टराई वरिष्ठताका आधारमा रानालाई नियुक्त गर्नुपर्ने पक्षमा हुनुहुन्थ्यो भने गच्छदार वरिष्ठताका क्रममा दोस्रोमा रहेका भीष्म प्रसाईं वा तेस्रो स्थानमा रहेका नवराज ढकाललाई नियुक्त गर्नुपर्ने अडानमा रहनुभएको थियो ।
यसैबीच नवनियुक्त महानिरीक्षक रानाले आफ्ना प्राथमिकताहरु सार्वजनिक गर्नुभएको छ । उत्तरदायी प्रहरी सेवा अवलम्वन गर्ने, व्यावसायिकतााई प्रवद्र्धन गर्ने, अपराध अनुसन्धान विशिष्टिकरण गर्ने, प्रहरी कार्यमा जनसहयोग र सहभागितामा जोड दिने, भ्रष्टाचार तथा दण्डहीनतामाथि सुन्य सहनशीलता अपनाउने, मानवअधिकार संरक्षण गर्ने, प्रहरीको सरुवा–बढुवा नियमसंगत र पारदर्शी तुल्याउने, सरकारबाट भएको निर्देशनको अक्षरशः पालना गर्ने आदि विषय आफ्नो प्राथमिकतामा रहने आइजीपी रानाले प्रस्ट्याउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच

आजको प्रमुख समाचार