अमेरिका, बेलायत र भारत लगायतका मुलुकमा फेरि बढ्यो कोरोना संक्रमण

३ श्रावण २०७८, आईतवार १०:१३ मा प्रकाशित

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका लगायत केही युरोपेली मुलुकमा संक्रमण फेरि उकालो लाग्न थालेको छ ।

बेलायतमा गत महिना सम्ममा दैनिक दुई देखि ४ हजारको हाराहारीमा झरेको संक्रमण दर बढेर अहिले दैनिक ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा मात्रै बेलायतमा ५४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

बेलायतका स्वास्थ्य मन्त्री साजिद जाबेद नै संक्रमित बनेका छन् । दुबै खोप लिएका स्वास्थ्य मन्त्री जाबेदलाई सामान्य लक्षण मात्रै देखिएको बताइएको छ । खोप अभियान तीब्र रुपमा संचालन गरिएकाले मृत्युदर भने घटेको छ ।

बेलायतमा पछिल्लो २४ घन्टामा ४१ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । यसै गरी दक्षिण एसियाली मुलुक भारतमा निकै तल झरेको संक्रमण दर बढेर फेरि बढेको छ ।

भारतमा पछिल्लो २४ घन्टामा ४१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ५ सयभन्दा बढीको मृत्यु भएको छ । कोरोना संक्रमण निकै घटेको अमेरिकामा पछिल्लो २४ घन्टामा २३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

दैनिक १ सय जनाभन्दा बढी मानिसको मृत्यु भइरहेको छ । इन्डोनेसिया, ब्राजिल लगायतका केही मुलुकमा संक्रमण निरन्तर बढिरहेको अवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको