माओवादी अध्यक्ष प्रचण्ड र मधेसी मोर्चा संयोजक गच्छदारवीच भेटवार्ता

५ चैत्र २०६८, आईतवार १०:३७ मा प्रकाशित

काठमाडौ, ५ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक समेत रहेका उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारवीच आज भेटवार्ता भएको छ ।
मन्त्री क्वार्टरमा रहेको गच्छदार निवासमा गएर माओवादी अध्यक्ष प्रचण्डले भेटवार्ता गरेका हुन ।
भेटवार्तामा शान्ति प्रक्रिया अगाडि बढाउन समायोजनमा रहेको दर्जा विवादमा काग्रेस र एमालेलाई आफ्नो अडानबाट लचक हुन आग्रह गर्न गच्छदारलाई प्रचण्डले ध्यानआर्कषण गराएका थिए ।
उनीहरुवीच शान्ति प्रक्रिया र संविधान निर्माणका सम्बन्धमा मधेसी मोर्चाले चैत १५ गतेसम्म सरकारलाई दिएको अल्टिमेटमको विषयमा समेत छलफल भएको थियो । त्यस्तै संविधान निर्माण र सहमतिको सरकार गठनको विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण