सत्ता कब्जाको माओवादी नियत समयमै चिन्न नसक्दा मुलुक संकटमा : एमाले नेता पोखरेल

२८ भाद्र २०६९, बिहीबार २१:१४ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २८ भदौ । दलहरुको क्रियाशीलता, सहमतीय सरकार निर्माण र संविधानका लागि राष्ट्रपतिले भूमिका खेल्नुपर्ने नेकपा एमालेका महासचिव इश्वर पोखरेलले बताएका छन् । प्रेस चौतारी नेपाल पाल्पाले बिहीबार गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पोखरेलले राजनीतिक तथा संवैधानिक हिसाबमा नैतिकता गुमाएको सरकार परिवर्तन जरुरी रहेको र त्यसका लागि दलहरुको क्रियाशिलताका लागि राष्ट्रपति सक्रिय हुनुपर्ने बताएका हुन् । कामचलाउ सरकारले दीर्घकालिन काम गर्न नमिल्ने भएकोले संकट समाधानका विषयमा सरकार परिवर्तन एमालेको स्पष्ट धारणा भएको उनको भनाई थियो । ‘एकीकृत नेकपा माओवादीमा उग्रवामपन्थी सोंच र अतिवाद रहेको र सत्ता
कब्जाको रणनीतिलाई अरु दलहरुले चिन्न नसक्दा देशले राजनीतिक र संवैधानिक संकट भोगिरहेको छ । अढाई दर्जन बढी सम्झौतामा एमाओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका र त्यसमध्ये ९० प्रतिशत पुरा नभएकोले उ कि सकिनुपर्छ कि सप्रिनुपर्छ’, नेता पोखरेलले बताए ।

नेकपा एमाले पाल्पाको सातौं जिल्ला सम्मेलन उद्घाटनका लागि एमाले नेताहरु पोखरेल, छविलाल विश्वकर्मा, वैधनाथ चौधरी लगायत पाल्पा आएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस