चीनका भावी राष्ट्रपति अचानक हराएकोमा आशंका

२८ भाद्र २०६९, बिहीबार २०:४३ मा प्रकाशित

काठमाडौं, २८ भदौ । चीनका उपराष्ट्रपति शि जिनपिङ एक्कासी सार्वजनिक रुपमा देखा पर्न छोडेको समाचार सार्वजनिक भएको छ । केही दिनयता कतिपय महत्वपूर्ण बैठकहरुमा उनी सहभागी नभएको र तय गरिसकिएका महत्वपूर्ण भेटघाटहरु समेत रद्द गरिएका छन् । यसले जिनपिङको विषयमा अनेक आशंका र अनुमान गरिएको एजेन्सीहरुले जनाएका छन् ।
जिनपिङ चीनको राष्ट्रपति बन्ने लगभग निश्चित भइसकेको छ । उनले राष्ट्रपति हु जिन्ताओको स्थान लिंदैछन् । यस परिवेशमा आशंका गरिएअनुसार कि त उनी गम्भीर बिरामी परेका छन् कि चाहिं सत्ता–संघर्षको शिकार बनाइएका छन् ।
एक साताभित्र जिनपिङका तय भइसकेका महत्वपूर्ण भेटघाटहरुमा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन र सिंगापुरका प्रधानमन्त्री ली सेन लुङसंगका प्रमुख थिए जो रद्द गरिएका छन् । केही अन्य विदेशी नेताहरुसंगका भेटघाट पनि यसैगरी अचानक रद्द गरिएका थिए । गत सोमबार मात्रै डेनमार्ककी प्रधानमन्त्री हेले थार्निङ–स्मिड्टसंग प्रस्तावित भेटघाट पनि रद्द गरिएको थियो । तथापि, चिनीयां विदेश मन्त्रालयले डेनमार्कका प्रधानमन्त्रीसंग भेटघाट तय नै नभएको बताएको छ । जे हास्, शि रहश्यमयी किसिमबाट ‘बेपत्ता’ भएका छन् र यतिबेला चिनका भावी राष्ट्रपतिको अवस्थाबारे किसिम–किसिमका चर्चा र आशंका पैदा हुन पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

जापानको सरकारले टोकियो र यसको वरपर क्षेत्रका ३ करोड ७० लाख मानिसहरूलाई बिजुली थोरै प्रयोग गर्न आग्रह गरेको छ । तापमानसँगै

काठमाडौँ । जी-७ देशहरूको शिखर सम्मेलन जर्मनीमा हुँदैछ । सम्मेलनको पहिलो दिन, जुन २६ मा, ब्लकका सदस्य राष्ट्रका नेताहरूले युक्रेनमा

काठमाडौँ । अमेरिकाको मोजावे मरुभूमिमा अवस्थित एउटा सहर लस भेगास । एक समय थियो जब लस भेगास डाकुहरूको मनपर्ने ठाउँ

आजको प्रमुख समाचार