एमाओवादीका मजदूरहरुबीच तिब्र विवाद

२८ भाद्र २०६९, बिहीबार २०:४१ मा प्रकाशित

काठमाडौ, २८ भदौ । एकीकृत नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल होटल तथा रेष्टुरां मजदुर संघभित्रको अध्यक्ष प्रचण्ड पक्षधरले एकलौटी रुपमा महाधिवेशन आयोजना गरेको भन्दै असन्तुष्ट पक्षधरले अलग्गै राष्ट्रिय सम्मेलन घोषणा गरेलगत्तै संस्थापन पक्षले निर्धारित समयमा जसरी पनि सम्मेलन गराई छाड्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।
प्रकाश श्रेष्ठ संयोजकत्वको प्रचण्डपक्षधर राष्ट्रिय सम्मेलन आयोजक समितिले ‘पार्टीका श्रद्धेय नेता डा. बाबुराम भट्टराई विचार समूहको नाम बदनाम गर्ने गरी होटल मालिकहरुले संगठनमा विग्रह ल्याउने षडयन्त्र स्वरुप अर्को आयोजक समिति गठन गरेको’ दाबी गरको छ ।
उनीहरुले कथित बाबुराम भट्टराई पक्षधरहरुले गठन गरेको आयोजक समितिका सबै सदस्यहरु आफूहरुको आयोजक समितिमा भएका मानिस नै भएको दाबी गर्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।
सो संघको सम्मेलनमा पोखरामा भदौ ३० र ३१ गते हुंदैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले