विदेशी लगानी भित्रयाउन वस्तु बजारको नियमन जरुरी : डा नेपाल

२८ भाद्र २०६९, बिहीबार २०:३९ मा प्रकाशित

काठमाडौं, २८ भदौ । अर्थविद डा. चिरञ्जीवि नेपालले बस्तु बजार र पुंजि बजारलाई नियमन नगरेसम्म मुलुकमा विदेशी लगानी भित्रनै नसक्ने ठोकुवा गरेका छन् ।
निरव पुडासैनीद्वारा लिखित कमोडिटी डेरिभेटिभस नामक पुस्तकको विहीबार राजधानीमा विमोचन गर्दै डा. नेपालले दुई ठूला बस्तुबजारको बीचमा रहेको नेपालले आफ्नो बजारलाई नियमन समेत गर्न नसक्नु दुखद भएको भन्दै यसको जिम्मेवारी राज्यले लिनु पर्ने बताए ।
उनले बजार आफैले आफूहरुलाई नियमन गर्नु परयो भनेर अगाडि आउँदासमेत सरकारले नियमन नगरेर बन्द गर्नेतर्फ उन्मुख हुनु विडम्बनापूर्ण भएको भन्दै धितोपत्र बोर्डबाटै नियमन गराउनु पर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले बस्तुबजारको ब्यवस्थित नियमन आगामी ६ महिनाभित्र प्रभावकारी ढंगले सुरु हुने जानकारी दिए । सरकारको निर्देशनमा बोर्डले नियमनको लागि छानविन समिति गठन गरेको र दुई साताभित्रमै सरकारलाई प्रतिवेदन बुझाएर नियमनको प्रक्रिया प्रारम्भ गर्ने बताए । उनले अहिलेसम्मको काम कारवाहीको छानविन गरेर गैरकानूनी पाइए कारवाही गर्ने समेत स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार