अध्यादेश पास नगर्न अधिकारकर्मीहरुद्वारा राष्ट्रपतिको ध्यानाकर्षण

२८ भाद्र २०६९, बिहीबार २०:३७ मा प्रकाशित

काठमाडौं, २८ भदौ । सरकारले सिफारिस गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिनसम्बन्धी आयोगको अध्यादेश जारी नगर्न अधिकारकर्मीहरुले राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् । जवाफदेही निगरानी समितिका अध्यक्ष सुशील प्याकुरयालको नेतृत्वमा शितल निवास पुगेका मन्दिरा शर्मा, प्राध्यापक कपिल श्रेष्ठ, सुवोध प्याकुरेल, चरण प्रसाईं, कनकमणि दीक्षितलगायत अधिकारकर्मीहरुले बिहिबार राष्ट्रपति डा. रामवरण यादवलाई भटी आममाफी दिनेगरी अध्यादेशमार्फत ल्याउन लागिएको आयोग कुनै पनि हालतमा मान्य नहुने जानकारी गराएका हुन् ।
दण्डहीनतालाई प्रश्रय दिनेगरी सरकारले अध्यादेशबाट आयोग निर्माण गर्न लागेको भन्दै अधिकारकर्मीहरुले राष्ट्रपतिसमक्ष असन्तुष्टि व्यक्त गर्दै विरोध गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । आन्तरिक किचलोका कारण बिभाजनको अन्तिम बिन्दुमा पुगेको बेला सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको