प्रायोजन सम्झौता एक बर्षका लागि थप

२८ भाद्र २०६९, बिहीबार १९:११ मा प्रकाशित

काठमाडौं, २८ भदौ । नेपाली फुटबलमा लामो इतिहास बोकेको प्रुेण्डस क्लबसंग नेपाल इन्भेष्टमेन्ट बैङ्कले प्रायोजन सम्झौता लम्ब्याएको छ । प्रयोजन रकम दोब्बर भन्दा बढी बनाउँदै बैङ्कले सम्झौतागरेको छ ।
विहिबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा सम्झौता नविकरण भएको हो । क्लबका तर्फबाट अध्यक्ष रत्न शम्सेर राणा र बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डेवीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नयाँ सम्झौता अनुशार बैङ्गले क्लबलाई १५ लाखको प्रयोजन गर्ने भएको छ । बैङ्गले दुई किस्तामा सो रकम प्रदान बताईएको छ । प्रायोजन बापत बैङ्कले क्लबलाई नगद र खेलकुद सामग्री प्रदान गर्नेछ भने क्लबले यसको बापत टिसर्टमा बैङ्कको लोगो राख्नेछ । त्यस्तै क्लबको नाम अघि बैङ्कको नाम जोड्नेछ । विहिबार आयोजना गरिएको कार्यक्रममा क्लबको नयाँ जसर्ीपनि सार्वजनिक गरिएको थियो । प्रयोजन पछि क्लबको नाम नेपाल इन्भेष्टमेन्ट बैङ्क प्रुेण्डस क्लब रहनेछ । ६ बर्ष देखि क्लबलाई प्रायोजन गर्दै आएको बैङ्कले यस अघि छ लाखको प्रायोजन गरेको थियो । क्लबका प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डेले क्लबको प्रदर्शन अनुशार सम्झौता रकम बढाउँदै जाने प्रतिबद्धता ब्यक्त गर्नु भयो । साथै उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई बार्षिक रुपमा बैङ्कमा नै राजगार प्रदान गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताउनु भयो । ललितपुर जिल्लाकै सबै भन्दा पुरानो क्लब प्रुेण्डस क्लबले यसै सिजनका लागि राष्ट्रिय टोलीका कप्तान सागर थापा निराजन खड्का दिपक भुषाल र जगजित श्रेष्ठलाई क्लबमा आबद्ध गरेको छ । कार्यक्रममा क्लबका अध्यक्ष रत्न शम्शेर राणाले बैङ्क प्रति आभर ब्यक्त गर्नु भयो । त्यस्तै क्लबका पूर्व खेलाडी तथा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले नेपाली फुटबल ब्यवसायिकता तर्फ उन्मुख हुँदै जाँदा निजि क्षेत्रको लगानीले नेपाली फुटबलमा महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको थियो । एशियाली फुटबल महासंघका उपाध्यक्ष समेत रहनु भएका थापाले क्लबबाट खेल्दाको अनुवभ सुनाउनु भएको थियो । कार्यक्रममा क्लबका खेलाडी पदाधिकारी तथा सहयोगीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी