एनसेल कप फुटबल सुरु

२८ भाद्र २०६९, बिहीबार १९:०८ मा प्रकाशित

काठमाडौं, २८ भदौ । लिग कम नकआउट फुटबल प्रतियोगितामा सर्वाधिक पुरस्कार राशि भएको एनसेल कप फुटबल प्रतियोगिता बिहीवारदेखि काठमाडौंमा सुरु भएको छ  । प्रतियोगिताको उद्घाटन खेलमा थ्रीस्टार क्लबसंग मध्यपुर युथ एशोसियसनले बराबरी खेल्दै सुरुवाती अंक बाढेको छ ।
एनसेलको प्रायोजन र एन्फाबाट आयोजित प्रतियोगिता अन्तर्गत विहीबार थ्रीस्टार क्लब र मध्यपुर युथ एसोसियसन विच भएको खेल १ -१ को बराबरीमा सकियो । दशरथ रंगशालामा भएको विहीबारको खेल वर्षाका कारण  निक्कै अबरु भएको  थियो । वर्षाका कारण खासै जम्न नसकेको खेलको पहिलो हाफ सम्म कुनै पनि टीमले गोल गर्न सकेका थिएनन् । विक्रम लामाले सन्तोस साहुखलको पासको सही सदुपयोग गर्दै खेलको ८०औ मिनेटमा गोलगर्दै थि्र स्टारलाई पहिलो अग्रता दिलाएका थिए । तर खेलको अन्तिम मिनेटमा मध्यपुर युथ एसोसियसनका  जिभन सिन्कमानले गोल गर्दै खेललाई बराबरीमा ल्याए पछि खेल १-१ को बराबरीमा सकिएको थियो । <br>
। ुएु डिभिजनका १६ वटा क्लब सहभागी प्रतियोगितामा ४ समूह विभाजित गरिएको छ । समूह ुएु मा थि्रस्टार शसस्त्र प्रहरीको एफिएफ क्लब प्रुेन्डस क्लब र मध्यपुर युथ एसोसियसन छन् । त्यस्तै समूह ुबीु मा मनाङ-मस्र्याङदी न्यूरोड टिम  एनआरटी नेपाल आर्मी र मच्छिन्द्र क्लब छन् । यस्तै समूह ुसीु मा हिमालय शेर्पा क्लब रानीपोखरी कर्नर टिमआरसिटी महेन्द्र बाँसबारी क्लब र सङकटा क्लब छन् भने समूह ुडीु मा नेपाल प्रहरी क्लब जाउलाखेल युथ क्लब बुद्ध फुटबल क्लब र सरस्वती युवा क्लब छन् । प्रतियोगितामा विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन् । यसैगरी सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट फर्वाड मिडफिल्डर गोलकिपर डिफेन्डर र उत्कृष्ट प्रशिक्षकले रु ७५&#247;७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एकजना खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्ने छन् । प्रतियोगिता असोज २८ गतेसम्म साचालन हुनेछ ।<br>
<br>

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा घरेलु टोली साम्पडोरियामाथि ४–० को सहज

काठमाडौँ । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा सानदार जित हात पारेको छ । आबुधाबीमा बिहीबार राति

काठमाडौँ । क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा बराबरीमै रोकिएको छ । गएराति भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले घरेलु

काठमाडौं ।शनिबारबाट सुरू हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल)क्रिकेटमा चुनौती पेश गर्नका लागि पोखरा राइनोजले सम्पूर्ण तयारी पूरा गरेको छ। प्रतियोगिताका