चलचित्र निर्माण बिरोधमा प्रर्दशन

२८ भाद्र २०६९, बिहीबार १९:०४ मा प्रकाशित

काठमाडौं, २८ भदौ । इस्लामिक धर्मको उपेक्षा हुने गरी अमेरीकामा चलचित्र निर्माण भएको भन्दै इजिप्टमा लगायतका इस्लामिक देशमा पनि प्रर्दशन जारी रहेको छ । प्रर्दशनका क्रममा प्रहरी संग झडप हुदा यमनमा ३० भन्दा बढी प्रर्दशनकारी घाईते भएका छन् ।
इजिप्टमा रहेको अमेरीकी दुतावास अघि प्रर्दशनकारीहरु भेला भएर प्रहरी माथी ढुडा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको बताईएको छ । प्रर्दशनका क्रममा १० प्रहरी पनि घाईते भएको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । इनोसेन्स अफ मुस्लीम नामको चलचित्र निर्माण गरी पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै अमेरीकाको व्यापक बिरोध भईरहेको छ । यु ट्युब मार्फत चलचित्रको प्रामो सार्वजनिक भएपछि यसले मुस्लीम समुदायमा आक्रोश बढाएको छ । कतिपय ठाउमा अमेरीकी झण्डा समेत जलाईएको छ । पर्दशनका क्रममा कतिपयलाई प्रहरीले पक्राउ पनि गरेको छ । यसैबीच यमनमा अमेरीकी दुतावास नजिक पर्दशन गरीरहेका पर्दश्ानकारी र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा कैयन घाईते भएको समाचार बाहीर आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

वोगोटा । दक्षिण पश्चिमी कोलम्बियाको एउटा कारगारमा दंगा सुरु भएपछि आगलागी हुँदा ४९ जना कैदी मारिएका छन् । अरु ३०

किभ । रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनको पोल्तावा सहरस्थित औद्योगिक क्षेत्रमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । क्रेमेन्चुक

मस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी र छोरीलाई रुस भ्रमणमा प्रतिबन्ध लगाइएको छ । मस्कोले अन्य २३

कोलम्बो । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ  । तेल

आजको प्रमुख समाचार