सहमति अन्तिम चरणमा : महरा

२८ भाद्र २०६९, बिहीबार १७:४२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २८ भदौ । पुर्वउपप्रधानमन्त्री एवम् एकीकृत नेकपा माओवादीका संगठन विभाग प्रमुख कृष्णबहादुर महराले दलहरुबीचको राष्ट्रिय सहमति अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । क्रान्तिकारी पत्रकार संघ कपिलवस्तुको चौथो जिल्ला अधिवेशनको उदघाटन गर्न कपिलवस्तु सदरमुकाम तौलिहवा आएका नेता महराले सो विचार व्यक्त गरेका हुन् ।
राज्य पुनःसंरचनाका विवादित विषयमा तत्कालका लागि सहमति गरि अन्य सहमतिमा पुग्न नसकेका बिषय निर्वाचन पछि समाधान गर्ने समझदारी गरि केहि दिनका लागी संबिधानसभा ब्युंताएरै भए पनि संविधान बनाउन सकिने उहांको भनाई थियो । अहिले राजनैतिक दल राष्ट्रिय सहमति निर्माणमा एक भएको जनाउंदै नेता महराले संविधान घोषणा नगरी संसदिय निर्वाचन असम्भव रहेको बताए ।
कार्यक्रममा नेता महराले क्रान्तिकारी पत्रकार संघका सचिव मनिष कार्कीलाई दश हजार राशीको स्व. सिपी शर्मा स्मृति पत्रकारिता पुरस्कार २०६९ प्रदान गरेका थिए । जिल्ला संयोजक वसन्त गिरीको अध्यक्षता र डिलाराम भुसालको संचालनमा भएको कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय संयोजक गोविन्द आचार्य, एमाओवादीका जिल्ला ईन्चार्ज रामलौटन तिवारी, यानेन्द्र जिसीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक