कुबेरिसंह राना प्रहरी महानिरिक्षक

२८ भाद्र २०६९, बिहीबार १७:०१ मा प्रकाशित

काठमाडौं, २८ भदौ । सरकारले नेपाल प्रहरीको महानिरिक्षकमा अतिरिक्त महानिरिक्षक कुबेरिसंह रानालाई बढुवा गरेको छ । प्रहरी महानिरिक्षकका लागि प्रतिस्पर्धामा रहेका ३ जना मध्ये मर्यादाक्रममा राना एक नम्बरमा हुनुहुनथ्यो ।
रविन्द्रप्रताप शाह ३० बर्षे कार्यकाल पुरा गरि अनिवार्य अवकाश भएपछि राना नेपाल प्रहरीका  २३ आँै महानिरीक्षक नियुक्त हुनुभएको हो । प्रधानमन्त्री र गृहमन्त्रीबीचको विवादका कारण  एक महिनादेखि प्रहरी महानिरीक्षक नियुक्तीको बिषय अन्यौलमा रहेको थियो । तर विहिवार जस्तोसुकै अवस्थामा पनि प्रहरी महानिरिक्षक नियुक्त गर्नुपर्ने भएकाले गृहमन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले रानालाई बढुवा गरी प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो ।  सरकारका प्रवक्ता तथा साचारमन्त्री राजकिशोर यादवले सत्तारुढ दलहरुको सहमतिमा नै रानालाई बढेवा गरिएको जानकारी दिनुभयो ।
यसअधि प्रधानमन्त्री रानाको पक्षमा देखिनुभएको थियो भने बिभागिय मन्त्री बिजय गच्छदार तेस्रो मर्यादामा रहेका भीष्म प्रसाईको पक्षमा देखिनुभएको थियो । भूमि सुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशीले पनि रानालाई बढुवा गर्ने निर्णय सर्वसम्मतिले भएको बताउनुभयो । मन्त्रीपरिषदको बैठक अगाडि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री विजयकुमार गच्छदारबीच प्रधानमन्त्री कार्यालयमा नै वार्ता भएको थियो । वार्तापछि गृहमन्त्री गच्छदार गृहमन्त्रालय पुगेर रानालाई महानिरिक्षकमा बढुवा गर्ने प्रस्ताव लिएर मन्त्रीपरिषद बैठक सहभागि हुनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अति भएको भन्दै सरकारको विरोध गरेका छन् । प्रतिनिधि