पोखरामा विहिवार देखि फेरी आन्दोलन

२८ भाद्र २०६९, बिहीबार १६:२३ मा प्रकाशित

पोखरा, २८ भदौ ।
पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको माग राख्दै आएको सरोकार समिति विहिवार देखि फेरी आन्दोलनमा उत्रेको छ । सरोकार समितिले फेरी थालेको आन्दोलनको कार्यक्रममा रिले अनसनदेखी गण्डकी र द्यौलागिरीका सरकारी कार्यालय ठप्प पार्ने सम्मका रहेका छन ।
पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको सम्पुर्ण प्रकि्रया पुरा गरी काम थाल्नका लागी सरकारले मागेको समयसिमा सकिन लाग्दा समेत सरकारले तत्परता नदेखाएको भन्दै समितिले फेरी आन्दोलन थालेको हो । सरोकार समितिका अध्यक्ष कृष्णमोहन श्रेष्ठका अनुसार विहिवार राती ९ बजेदेखि बिगतमा गरिएकै ठाँउमा  रिले अनसनलाई निरन्तरता दिने र भदौ ३० गते पोखरा विमानस्थलमा धर्ना दिने कार्यक्रम राखिएको छ । माग सुनवाई नभए भदौ ३१ गतेदेखि गण्डकी र धौलागिरी सम्पूर्ण सरकारी स्वामित्वमा रहेका संस्थान एवम सरकारी कार्यालयमा अनिश्चितकालको लागि कामकाज ठप्पपार्ने र ती कार्यालयका सवारी साधानलाई पनि गुड्न नदिने समितिले जनाएको छ । समितिका अनुसार सुरक्षा निकाय अस्पताल जिल्ला प्रशासन अदालत बैंक तथा वित्तिय संस्थाहरुमा भने अवरोध गरिने छैन । समितिले असोज २ गते जिल्ला प्रशासन र ३ गते क्षेत्रीय प्रशासन कार्यालयमा काम ठप्प पार्ने कार्यक्रम पनि तय गरेको हो । समितिले आन्दोलनका कार्यक्रमलाई सफल बनाउन प्रत्येक दिन पोखराको पृथ्वीचोक सहिदचोक र विमानस्थल गेटमा जम्मा भई धर्ना कार्यक्रमलाई शसक्त बनाईने अर्का सदस्य आनन्दराज मुल्मीले जानकारी दिनुभयो । सरकारी कार्यालयमा काम काज ठप्प पार्नको लागि साढे ९ बजे नै कार्यालय गेटमा धर्ना दिएर कर्मचारीलाई छिर्न नदिने र यदी कसैले अटेर गरेमा कार्यलयमा तालाबन्दी समेत गर्ने चेतावनी समेत समितिले दिएको छ । पर्यटन मन्त्री पोष्टबहादुर बोगटीले पोखरा विमानस्थलको सम्पूर्ण प्रकि्रया पुरा गरी काम थाल्नेको लागि गत भदौ १४ गते १५ दिनको समय माग्नुभएको थियो । सरकारले १५ दिनको समय मागेपछि आन्दोलन स्थगित गरिएको थियो । ऋणदाता चीनको एक्जिम बैंकले सेप्टेम्बर २० भित्र सम्झौता गर्न भनेपछि सो अवधी भित्र नै प्रकि्रया पुरा गराउन दवाव दिन सरोकार समितिले असोज ३ गतेसम्म आन्दोलनका कार्यक्रम तय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

रुपन्देही । नेपाली कांग्रेसका नेता पुष्पा भुसाल र मानबहादुर विकको गृहजिल्ला अर्घाखाँचीमा छ स्थानीय तहमध्ये अधिवेशन भएका पाँचवटै पालिकामा देउवा