सहमतिको राजनीतिको संभावना अन्त्य : नेपाल

२८ भाद्र २०६९, बिहीबार १६:१७ मा प्रकाशित

काठमाडौं, २८ भदौ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य प्रदिप नेपालले राजनीतिक दलहरुका वीचमा सहमतिको राजनीतिको संभावना अन्त्य भएको बताउनुभएको छ ।
प्रेस चौतारी नुवाकोटद्वारा आज विदुरमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता नेपालले एकीकृत माओवादीले आफ्नो हठ नछोड्ने तर बैठकमा मात्र सहमति र सहकार्यको कुरा गर्ने भएकाले दलहरुको बैठक औपचारिकता मात्र सिमित बताउनुभयो । दलहरुवीच सहमति हुन नसकेमा समस्या समाधानको लागि सर्वाेच्च अदालतका पूर्व न्यायाधिशको नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने उहाँले बताउनुभयो । न्यायधिशको नेतृत्वमा बन्ने सरकार चुनावी सरकार मात्र हुने नेता नेपालले बताउनुभयो ।
नेता नेपालले सबैलाई सहमतिमा ल्याउन देशमा बैकल्पिक सरकारको आवश्यकता रहेको दावी गर्नुभयो । उहाँले दलहरुवीचको सहमति र सहकार्यलाई एमालेले निरन्तरता दिन नछाड्ने बताउँदै दलहरुबीच वार्ता सहमति र नयाँ निर्वाचनको बहस एकैपटक थालिनुपर्ने बताउनुभयो ।
नेकपा एमालेभित्र जनजाति नेताहरुको विवादको सम्वन्धमा नेता नेपालले भाग नपुगेर केही महत्वकांक्षी व्यक्तिहरु सलबलाउँदैमा पार्टीलाई कुनै नोक्सान नहुने बताउनुभयो । जनजाति भएकै कारण पार्टीले दिएको पद सम्मान र हैसियतलाई विसर्िएकाले पार्टीभित्र केही तत्व सलवलाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका