गद्धाफिका गुप्तचर पक्राउ

५ चैत्र २०६८, आईतवार १०:२७ मा प्रकाशित

काठमाडौ, ५ चैत । लिबियाका पूर्व शासक माउमर गद्दाफिका गुप्तचर प्रमुखलाई आज मौरिटानियामा प्रक्राउ गरिएको छ । लिबियामा जारी आन्दोलनका क्रममा उनी त्यहाँको गुप्तचर निकायका प्रमुखका रुपमा कार्यारत रहेकाले लिबियामा जारी आन्दोलनमा मारिएका सयौं नागरिकका लागि उनलाई पनि भागिदार गराइएको थियो । मानवअधिकारको उल्लंघनमा दोषी ठहरिएका उनलाई पक्राउका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतले पनि पक्राउ आदेश जारी गरेको थियो । गुप्तचर प्रमुख अब्दुल्लाह अल सेनुसीलाई उनी मोरक्कोबाट आइरहेका बेला मौरिटानियाको प्रहरीले मौरिटानियाको राजधानीमा पक्राउ गरेको थियो । उनले नक्कली पासपोर्ट लिएर यात्रा गरिरहेका बेला प्रहरीले पक्राउ गरेको समाचारमा उल्लेख गरिएको छ ।
यसैबीच लिबियाले ती गुप्तचर प्रमुखलाई आफ्नो देश समक्ष सुपुर्दगी गर्न मागगर्ने तयारी गरिरहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार

काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको